Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ बिहीबार राष्ट्र बैंकले तोकेको विनिमयदर

निशा हुमाँगाई

विहीबार, १३ चैत्र २०७६, १० : ४१ मा प्रकाशित

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ बिहीबार राष्ट्र बैंकले तोकेको विनिमयदर

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (बिहीबार) एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ १२ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७२ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३३ रुपैयाँ १० पैसा रहेकाे छ ।

त्यसैगरी, बिहीबार एक कुवेती दिनारको खरिददर ३८४ रुपैयाँ २५ पैसा र बिक्रीदर ३८६ रुपैयाँ १५ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३२० रुपैयाँ १६ पैसा र बिक्रीदर ३२१ रुपैयाँ ७४ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६२ पैसा र बिक्रीदर २७ रुपैयाँ ७६ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

यसका साथै, बिहीबार एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा रहेको छ । 

अरू विदेशी मुद्राकाे विनिमयदर यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको