Like us!
Follow us!
Connect us!
Watch us!

नागरिकको स्वास्थ्यभन्दा ठूलो व्यापार हो ?

विहीबार, १३ चैत्र २०७६, १६ : १९ मा प्रकाशित

नागरिकको स्वास्थ्यभन्दा ठूलो व्यापार हो ?

“धितोपत्र बजार संचालन गर्न अर्थले सेवनलाई काट्यो पत्र “ यो शिर्षकमा हिजो दिनभर जसो केही मिडियाले गोरुटाउके अक्षरमा लेखेको बिषयलाई लिएर लगानीकर्ता साथिहरुमा त्रास फैलिएको हामिले पाएका छौं । आजको यूग सूचना संचारको  यूग हो । सूचनाको मनोबैज्ञानिक प्रभाव कतिपर्छ यहाँ व्याख्या गरिरहनु पर्दैन ।

 कोभिड-१९ बाट दुनियाँ नै आक्रान्त भैरहेको अहिलेको परिप्रेक्षमा नेपालको शेयर बजार खोल्नु भनेको आम लगानीकर्ता  (मुठ्ठी भर छोडेर ) कोभिड-१९ भन्दा अर्को समानान्तर भाईरस छोडनु बराबर हुने देखिन्छ। दुनियाँका केही सम्पन्न शेयर मार्केट खुलेका होलान ।

के नेपालको शेयर मार्केट त्यत्ती नै परिपक्क छ त ? भारतमा डिम्याट खाता, बैंक खात र ब्रोकरमा खोलिएको खात एक आपसमा ईन्टिग्रेट छन् । हामिले यो ईन्ट्रिग्रेट गरौं भनेर अनुरोध गरेको बर्षौ भयो । यस कुरामा नियामकहरु कानमा तेल हालेर बसेका छन् । कोरोना महामारीले संसार आतंकित छ ।

संसार कोरोना विरुद्ध युद्ध लड्दैछ । यस अबस्थामा शेयर बजार खोल्ने भनेर बहस चलाउन मिल्छ रु संसार कोरोना विरुद्ध लडिरहेको यस बखतमा के नागरिकलाई मृत्यु बाँड्ने चाहाना छ ? केही गरि हाम्रो देशमा कोरोना भाइरस फैलियो भने सायद नियन्त्रण गर्ने बुता हाम्रो हुनेछैन । आवश्यक सम्पूर्ण तयारी विशेष गरि सरकारले साथसाथै नागरिकले पनि गर्नुपर्छ ।

बल्ल तल्ल तंग्रिदै गएको शेयर बजारमा यसै गरि बेमौसमि बाजा बजाएर खेल्न खोज्ने प्रवृती हाम्रो लागी नौलो चाहीँ होईन । बिगत देखिनै यो चलि आएको चलन जस्तो हो । तर अबका दिनमा त्यस्तो हुन पाउने छैन ।

किनकी तालुकदार नियामक निकायले माथिल्लो निकायमा थाहा होला की जसरी बन्द कोठामा आम लगानीकर्ताको अहित हुने गरि गर्ने निर्णयको हामी खुलेर बिरोध गर्छौ । त्यस्को सुईको उपल्लो निकाय सम्म जगजाहेर गराउछौ । अब भ्रमको खेती गर्न बन्द गरे हुन्छ ।

बिगत देखिनै शेयर बजारमा केही टाठाबाठा समुदायको हालि मुहाली रहदै आएको कुरा हामी सामु छिपेको छैन । मुसाहरु संगठित भएर बिरालोलाई काबुमा ल्याउने कुरा गर्ने तर बिरालाको गलामा घण्टि कसले बाध्ने भन्दा सबै मुसा भग्ने जुन बिगतको प्रवृती थियो अब त्यसको अत्य हुदैछ । बिरालोको गलामा घन्टि बाध्ने मुसाको जन्म भैसकेको छ । केही समय अघी १६०० माथि पुर्यायर सट सेल गर्नेको समेत मुटुले ढ्याड्रो ठोक्ने दिन आउन धेरै समय कुर्न नपर्ला ।

अन्तमा, कोभिड-१९ को गति हेरेर पुनस् अर्को निर्णय नभए सम्म बजार खुल्दैन भन्ने आश्वासन अर्थमन्त्री ज्यू बाट आएको अबगत गराउँदै सम्पुर्ण लगानीकर्ता साथिहरुलाई आतकंति नहुन अनुरोध गर्दछु । पक्कै पनि हामिलाई यस निर्णयले चहराई रहेको घाउमा पलमपट्टि लाग्छ भन्ने आशा लिदै सम्पुर्ण साथिहरुमा भ्रमित नहुन आग्रह गर्दछु ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको