Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार खुलाउने निर्णयमा लगानीकर्ताको विरोध : 'कोरोनाबाट त्रसित लगानीकर्तालाई पेनिक बनाउने नियत हो'

अर्थ संसार

शनिबार, १५ चैत्र २०७६, ०५ : ५६ मा प्रकाशित

शेयर बजार खुलाउने निर्णयमा लगानीकर्ताको विरोध : 'कोरोनाबाट त्रसित लगानीकर्तालाई पेनिक बनाउने नियत हो'

अर्थ संसार, काठमाडौं -  कोरोना भाइरस सङ्क्रमणले  विश्व आतंकित भैरहेको बेला शेयर बजारको कारोबार खुला गर्ने अर्थ मन्त्रालयको निर्णयप्रति लगानीकर्ताहरुले विरोध गरेको छन् ।

बुधबार सम्पन्न भएको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समितिको बैठकमा अर्थ मन्त्री युवराज खतिवडाले  नेपाल धितोपत्र बोर्डलाई धितोपत्र बजारको न्यूनतम सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

अर्थ मन्त्रालयको निर्देशनसँगै मंगलबारदेखि शेयर बजारको कारोबार सुचारु गर्ने भएपछि क्वारेन्टाइनमा बसेका लगानीकर्ताले चर्काे विरोध गरेका छन् ।

कोरोना भाइरसबाट पीडित शेयर बजार खुलाउनु भनेको धितोपत्र बजार र लगानीकर्ताको हितमा नहुने लगानीकर्ताहरु बताउँछन् ।

राधा पोखरेल अध्यक्ष, नेपाल पुँजीबजार लगानीकर्ता संघ

दशेमा अझै लकडाउनको समय लम्व्याउने संकेत देखिएकोले बेला शेयर बजार खुलाउने निर्णय प्रति लगानीकर्ताहरु यसो भन्छन् ।

भनिरहेको अवस्था छ । यस्तो अवस्थामा बजार खोल्छौं भन्नु भनेको लगानीकर्तालाई पेनिक बनाउने नियतभन्दा बाहेक अरु केही होइन । इटली नै नदोरियला भन्न पनि सकिएन यदि बजार खुल्यो भने । अहिले ब्रोकरका कर्मचारी र लगानीकर्ताहरु सबै उपत्यका बाहिर गइसक्नुभएको छ । यहाँ भएका पनि क्वारेन्टाइनमा हुनुहुन्छ । यो अवस्थामा बजारमा कसले गएर कारोबार गर्छ भन्ने सोचेर कारोबार खुला गर्न लागिएको हो, त्यो थाहा भएन । अहिले बजारमा अनलाइन लगानीकर्ता भनेको जम्मा २२ हजार मात्रै छन्, उनीहरुमध्ये पनि ५ हजारले मात्रै यसलाई दैनिक रुपमा प्रयोग गर्छन् । के शेयर बजार १ प्रतिशत भन्दा पनि लगानीकर्ताको लाग मात्रै हो ? बजार खुल्यो भने लगानीकर्ताहरु अनलाइन ट्रेडिङका लागि जाने कि नजाने ? यो अवस्थामा बजार खुलेको खण्डमा नेपाल इटाली भन्दा के कम होला र ? हामीले भारत लगायतका देशको कारोबार हेरेर हुँदैन, ती देशमा अनलाइनबाट कारोबार गर्न सक्ने सहजै व्यवस्था छ,’ अध्यक्ष पोखरेलले भनिन्, ‘नेपालमा अनलाइन प्रयोग गर्ने लगानीकर्ता २० हजारको हाराहारीमा रहेका छन् । यो अवस्थामा सेयर बजार खुला गर्नु हुँदैन ।’ तर अब म लगानीकर्ता साथिहरुमा नआतिन आग्रह गर्छु किनकि यस बिषयलाई लिएर मैले पोष्ट पनि गरिसक्या छु ।

नरेन्द्र चुदाली, लगानीकर्ता

मनोबिज्ञान खस्किएको छ। यस्तो आपतकालीन अबस्थामा बजारमा सुचिकृत कम्पनिहरुको तथ्यगत अध्यायन गर्न लगानिकर्ता असमर्थ हुन्छ्न।अनि बजारले प्राकृतिक लय लिन नसक्ने अबस्था आउँछ। यस्तो समयमा बजारका हरेक कारोबारहरु घट्ने सम्भावना हुन्छ। जसले बजारमा अनेपेक्षित दुर्गघटना निम्तिन सक्छ। यसकारण अझै केही समयको लागि सेयर बजार बन्द गर्नु उपयुक्त हुन्छ।

केशव कोइराला, लगानीकर्ता

शेयर बजार खुलाउने निर्णय सरासर शेयरलार्य आतंकित  बनाएर तल झारेर उठाउने ग्राण्ड डिजाइन हो यो।पुर्ण स्वचालित अनलाइन नभइ हाम्रो जस्तो इम्याचुवर्ड बजारमा यस्तो बेला राज्यले हस्तक्षेप गरेर बन्द गराउनु नै पर्छ।

शिव प्रसाद पौडेल,लगानीकर्ता

कोरोना भाइरसको त्रासले देश यतिखेर लकडाउनमा छ । यस्तो अवस्थामा शेयर बजारमा खुलाउने अर्थ मन्त्रालयको निर्णय प्रति मेरो आपत्ति छ । लगानीकर्ता सवै क्वारेन्टाइनमा छन् । लगानीकर्ता घरबाट बाहिर निस्कन सक्ने अवस्थामा नरहेको बेलामा शेयर बजार खुलाउने भनेको कही नभएको जात्रा हाँडीगाउँमा भनेजस्तो हो । ४० महिनापछि विस्तारै विस्तारै सुधार हुँदै आएको बजारलाई यतिखेर खुलाउने भनेको शेयर बजार डुबाउने ठूलो चलखेल हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको