Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तमा प्रविधिको प्रयोगले सहज हुने

शुक्रबार, ०४ चैत्र २०७३, १० : ४४ मा प्रकाशित

लघुवित्तमा प्रविधिको प्रयोगले सहज हुने

अर्थ संसार 
काठमाडौं–लघुवित्तलगायतका बैंकिङ्ग क्षेत्रमा प्रविधिको अधिकत्तम उपयोग गर्न सके समयको बचत भइ सामाजिक र आर्थिक उत्थानमा टेवा पुग्ने विज्ञहरूले बताएका छन् । 

चौंथो राष्ट्रिय लघुवित्त सम्मेलनका क्रममा विहिवार राजधानीमा भएको ‘टेक्नोलोजी इनोभेसन’ सेसनमा यस क्षेत्रका विज्ञहरूले मोवाइल बैंकिङ्ग, ट्याब्लेट बैंकिङ्गलगायत प्रविधिको प्रयोगबाट २ दिनको काम २ घण्टामै गर्न सकिने दावी गरे । 

प्रविधिको प्रयोग गरेको खण्डमा एउटा लघुवित्तबाट लिएको ऋण छलेर अर्कोबाट लिन नसकिने पनि विज्ञहरूले जानकारी दिए । बायोमेट्रिकको प्रयोग गरी औंठा हालेको रेकर्ड सर्भरमा बस्ने भएकाले छलछाम हुन नसक्ने  उनीहरूको भनाइ थियो । यसका लागि सवै लघुवित्तले प्रविधिलाई प्रयोगमा ल्याउनु पर्नेमा विज्ञहरूको जोड थियो । 

लघुवित्त क्षेत्रमा प्रविधिको प्रयोगका सम्वन्धमा भारतीय अनुभव सुनाउँदै विज्ञ सशिधर ठुमुलुरीले मोवाइल बैंकिङ्गका कारण गाउँगाउँमा काम गर्न सजिलो भएको बताउनु भयो । उहाँले ५ वर्षभित्रै १५ वर्षको प्रतिफल प्राप्त भएको दावी गर्नु भयो ।

अहिले मेघालय, आसाम, मिजोरमजस्ता पहाडी क्षेत्रमा समेत इन्टरनेटको प्रयोग गरी बैंकिङ्ग सेवा घरघरसम्म पुगेको जानकारी उहाँले दिनुभयो । कागजको ठाउँमा उपकरणको प्रयोग भएको र बायोमेट्रिक उपकरणका कारण साधारण पसलेसमेत बैंकको प्रतिनिधि बन्न सफल भएको उहाँले बताउनु भयो ।

अहिले बायोमेट्रिक उपकरणका साथ मोवाइल र ट्याब्लेट लिएर गाउँगाउँमा लघुवित्त समुहहरूको वैठक वस्न थालेको जानकारी ठुमुलरीले दिनुभयो । सुविसु केवलनेट प्रालिका चन्दन श्रेष्ठले महँगो प्रविधि प्रयोग गर्दा सस्तो र ढिलो इन्टरनेट प्रयोग गरेका कारण नेपालमा प्रविधिको सहि उपयोग हुन नसकेको जानकारी दिए ।

प्रविधिमा गरेको खर्चलाई लगानीको रुपमा बुझ्नुपर्ने र नेपालका सिनियर मेनेजरहरू प्रविधिसँग साक्षर नभएको जिकिर गर्नुभयो । प्रविधिको प्रयोग गरे ५ जनाले ५ दिनमा गर्ने काम २ दिनमै २ जनाले सम्पन्न गर्न सक्ने बताउँदै उहाँले नेपालका गाउँगाउँमा अनलाइन प्रविधिको उपयोग गरी काम गर्न सकिने स्पष्ट पानुए भयो । 

डिरोज टेक्नोलोजीका कार्यकारी निर्देशक नेपालभुषण गाउलीले साधारण पसल थापेकै व्यक्तिले पनि सरल बैंकिङ्ग गर्न सक्ने गरी आफूहरूले सफ्टवेयरको विकास गरेको जानकारी दिनुभयो । उहाँका अनुसार शाखारहित बैंकिङ्गमा उपयोग गरिएको यो प्रविधिको उपयोग लघुवित्त र सहकारीले गाउँगाउँमा ढुक्कसँग गर्न सक्ने छन् ।

आफूले जम्मा गरेको पैसा एजेन्टले गलत पोस्ट गरेमा तत्काल आवाजबाटै सन्देश सुन्न सकिने भएकाले निराक्षरलाई समेत वित्तिय क्षेत्रमा बचत तथा ऋणमा आकर्षित गर्न सकिने तर्क गाउलीको छ । बायोमेट्रिक(औंठा) युक्त सानो उपकरणले प्रिन्टसँगै आवाज दिने र इन्टरनेटमार्फत वित्तिय संस्थाको मुख्य सर्भरमा पोस्ट हुने भएकाले धेरै सहजता आउने उहाँले दावी गर्नु भयो । 

किसान माइक्रोफाइनान्सका यज्ञराज ढुँगेलले ट्याब्लेट बैंकिङ्गको प्रयोगका कारण समुहहरूमा बचत संकलनको काम २ घण्टाबाट २० मिनेटमा झरेको बताउनु भयो । ‘यसले महिलाहरू बचत समुहमा थप आकर्षित हुन थालेका छन्, उहाँले भन्नुभयो । आफूहरूको ट्याव्लेट बैंकिङ्ग सेवा अफलाइनमा समेत चलाउन मिल्ने भएकाले काम गर्न सजिलो भएको उहाँले दावी गर्नु भयो । 

उहाँहरुको प्रस्तुतिमाथि टिप्पणी गर्दै उमेशकुमार रघुवंशीले प्रविधिको प्रयोगकले लागत घट्न गइ सस्तोमा बचत लिएर सस्तैमा ऋण दिन सक्ने वातावरण तयार हुने बताउनु भयो । अर्का टिप्पणीकर्ता प्रविण पोखरलेले सफ्टवेयर र स्पेस महँगो हुने भए सवै माइक्रोफाइनान्सले एउटै सर्भरको प्रयोग गरी एउटै सफ्टवेयरको प्रयोग गर्न सकिने व्यवस्था नेपाल लघुवित्त बैंकर्स एसोसिएसनले गर्नुपर्ने बताउनु भयो । 

लघुवित्त ग्रामीण क्षेत्रको सामाजिक र आर्थिक अभियान भएकाले यसले समाज उत्थानमा प्रविधिको प्रयोगमा जोड दिनुपर्ने निष्कर्ष सेसनको अध्यक्षता गरेका बलजित भोहराले निकाल्नु भयो । प्रविधिको प्रयोगले समयको बचत हुन जाँदा समूहमा आउन सदस्यलाई थप आकर्षित गर्ने उहाँको ठम्याइ थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको