Like us!
Follow us!
Connect us!
Watch us!

नेपालगञ्ज विमानस्थलमा चिप्लियाे नेपाल एयरलाइन्सको विमान

सराेज खनाल

शनिबार, १५ चैत्र २०७६, १२ : ४५ मा प्रकाशित

नेपालगञ्ज विमानस्थलमा चिप्लियाे नेपाल एयरलाइन्सको विमान

अर्थसंसार, काठमाडौं-  शनिबार नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान चिप्लिएकाे छ । काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनाबाट जोगिएको हाे ।

नेपालगञ्ज विमानस्थलका एक अधिकारीका अनुसार कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको थियाे।

घटनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ । अब कोरोना भाइरसको सम्भावित स‌ंक्रमितको नमुना लिन अर्को विमान जाने नेपाल नागरिक उड्डयन प्राधिकरणकचा महानिर्देशक राजन पोखरेलले बताए ।

दुर्घटना भएको विमान प्राविधिक टोलीले मर्मत गरेपछि मात्र उड्ने बताइएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको