Like us!
Follow us!
Connect us!
Watch us!
साँझको समयमा कुल माग एक हजार २४० मेगावाट

अप्रत्यासित रुपमा घट्यो विद्युत् माग

शुक्रबार, ०४ चैत्र २०७३, ११ : ३५ मा प्रकाशित

अप्रत्यासित रुपमा घट्यो विद्युत् माग

अर्थ संसार
काठमाडौं – मुलुकभर नै विद्युत्को माग अप्रत्यासित रुपमा कमी आएको छ । नेपाल विद्युत् प्राधिकरणले नियमित रुपमा विद्युत् उपलब्ध गराउन थालेपछि विद्युत् मागमा समेत अप्रत्यासित रुपमा कमी आएको छ ।

तर भौतिक पूर्वाधार निर्माण तथा वितरण प्रणालीमा भने प्राधिकरणले ध्यान दिन सकेको छैन । जसका कारण विद्युत् आपूर्ति नियमित भएपनि अवरुद्ध हुने, भोल्टेजमा समस्या जस्ता समस्या पनि सँग सँगै देखा परेको छ ।

प्राधिकरणले यो सुख्खायाममा माग बढेर १ हजार ६५०  मेगावाट सम्म पुग्ने अनुमान गरेको थियो । तर अनुमान गरेअनुसार भने विद्युत् माग नबढेको बताइएको छ । पछिल्लो समय विद्युत् माग घटेर १ हजार २४० मेगावाट मात्र माग रहेको प्राधिकरणले जनाएको छ ।

साँझको समयमा काठमाडौँ उपत्यकामा मात्रै ३३० मेगावाटको हाराहारीमा विद्युत् माग हुने गरेको थियो । तर पछिल्लो समयमा नियमित जसो ३०० मेगावाट मात्रै विद्युत् माग हुने गरेको छ ।  

लोडसेडिङ हटेपछि बिजुलीको मागमा पनि कमी आएको विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । उपभोक्ताको पनि साथ र सहयोग पाइएको छ, त्यसले प्रणालीलाई स्थिर राख्न सहयोग पुर्याएको उनले बताए । तर प्रणालीमा अझै ३३० मेगावाट विद्युत् भने अपूग रहँदै आएको छ ।

 प्राधिकरणका अनुसार हाल ९२२ मेगावाटसम्म बिजुली आपूर्ति भइरहेको छ । जसअनुसार विद्युत प्राधिकरणका आयोजनाबाट ३८४, निजी उत्पादकबाट १४१, भारतबाट ३८७ मेगावाट आयात भइरहेको छ । यस्तै प्राधिकरणले माध्यमिक शिक्षा परीक्षाका लागि हेटौंडामा रहेको डिजल प्लान्ट सञ्चालन साँझको पिक आवरमा चलाइररहेको छ । सो प्लान्टबाट १० मेगावाट बिजुली उत्पादन गरिरहेको छ ।

प्राधिकरणले माध्यमिक शिक्षा परीक्षालाई लक्षित गरी देशभर लोडलेसेडिङ हटाएकोमा परीक्षापछि पनि यसलाई निरन्तरता दिने गरी तयारी गरिएको छ । मुलुकको  एकमात्र जलासययुक्त आयोजना कुलेखानीले पनि लोडसेडिङमुक्त अभियानलाई सहयोग गर्दै आएको छ ।

विद्युत प्राधिकरणले काठमाडौं उपत्यका, बनेपा, धुलिखेल, पाँचखाल, पोखरा र भरतपुरलगायत धेरै शहरी क्षेत्रलाई लोडसेडिङमुक्त बनाएको छ । यस्तै अन्य क्षेत्रमा औसत दैनिक २ घण्टा मात्र लोडसेडिङ भइरहेको थियो । आधारभूत रुपमा लोडसेडिङ हटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको