Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाविरूद्ध अभियानमा प्रत्येक प्रदेशलाई भाटभटेनी समूहको २५–२५ लाख सहयोग

निशा हुमाँगाई

सोमबार, १७ चैत्र २०७६, ११ : ४६ मा प्रकाशित

कोरोनाविरूद्ध अभियानमा प्रत्येक प्रदेशलाई भाटभटेनी समूहको २५–२५ लाख सहयोग

अर्थ संसार, काठमाडौं - प्रतिष्ठित व्यावसायिक घराना भाटभटेनी समूहले प्रत्येक प्रदेशलाई कोरोनाविरोधी अभियानका लागि २५–२५ लाख रूपैयाँ सहयोग गर्ने भएको छ ।

समूहका अध्यक्ष मीनबहादुरले गुङ कोरोनाविरोधी अभियान सफल पार्न मुलुकका सातै प्रदेशका सरकारलाई २५–२५ लाख रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् । भाटभटेनी समूहले एक साताअघि संघीय सरकारद्वारा स्थापित कोरोना रोकथाम तथा नियन्त्रण कोषमा एक करोड रूपैयाँ सहयोग गरेको थियो ।

 संघीय सरकारले खडा गरेको कोषमा एक करोड उपलब्ध गराउने घोषणा गरेकै दिन अध्यक्ष गुरूङले आफ्नो समूहको तर्फबाट सहयोग राशी थपिन सक्ने संकेत गरेका थिए । त्यस क्रममा उनले भनेका थिए, ‘मुलुकमा विपत्ति आउँदा हिजो पनि हामीले सक्दो सहयोग गरेका थियौं, यसपालि पनि त्यसका लागि तयार छौं ।’ सोही प्रतिबद्धता अनुसार यो समूहले थप सहयोग घोषणा गरेको हो । यो सहयोगले प्रदेश सरकारहरूको कोभिड–१९ विरोधी अभियानमा थोरै भए पनि योगदान हुने उनको अपेक्षा छ । 

त्यस्तै, भाटभटेनी समूहले विपत्तिको अवस्थामा सरकार तथा पीडितलाई निरन्तर सहयोग गर्दै आएको छ । विगतमा मुलुक भूकम्प, बाढीपहिरो, आँधीहुरी जस्ता दैवी विपत्तिको चेपटामा परेका बेला पनि यो समूहले उल्लेख्य सहयोग गर्दै आएको छ । यसबाहेक भाटभटेनी समूहले दुर्गम क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई सम्पूर्ण खर्च बेहोर्ने गरी मेडिकल साइन्स अध्ययनको अवसर दिलाउनुका र अस्पतालहरूमा भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको