Like us!
Follow us!
Connect us!
Watch us!

यसपालीको दशैं कात्तिक १० गते, तिहार मंसिर १ गते

अर्थ संसार

मंगलबार, १८ चैत्र २०७६, ०९ : ५३ मा प्रकाशित

यसपालीको दशैं कात्तिक १० गते, तिहार मंसिर १ गते

अर्थ संसार, काठमाडौं - सरकाले २०६६ सालको सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सार्वजनिक गरेको सूचि अनुसार यसपालीको दशैंको टीका कात्तिक १० गते परेको छ भने तिहार भने मंसिर १ गते परेको छ ।

२०७७ सालको दशैं विदा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म ५ दिन पाइने छ ।नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको भाइटीका भने २०७७ सालको मंसिर महिनामा परेको छ । सरकारले देशभर कात्तिक २९ गते लक्ष्मी पूजाको दिनदेखि मंसिर १ गते भाइटीकाको दिनसम्म सार्वजनिक विदा दिने छ ।

कात्तिक २९ गते लक्ष्मी पूजाको दिनमा रहेको छ । ३० गते आइतबार म्हपूजा र मंसिर १ गते सोमबार गोबद्र्धन पूजा, भाइटीका र नेपाल सम्वतको नयाँ वर्ष एकैदिन परेको छ ।

२०७७ सालमा मलमास परेकाले चाडपर्व पछि धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्यप्रसाद ढुंगेलले अनलाइनखबरसँग भने, ‘२०७७ सालको असोजमा मलमास परेकाले हाम्रा चाडपर्व पर सरेका हुन् ।’ २०७६ सालमा दशैंको टीका असोज २१ गते र तिहारको भाइटीका कात्तिक १२ गते परेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको