Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना राेकथाममा आफ्नै बजेटबाट २ कराेड रूपैयाँ सरकारलाई फिर्ता गर्दै मानव अधिकार आयोग

निशा हुमाँगाई

मंगलबार, १८ चैत्र २०७६, १३ : १२ मा प्रकाशित

काेराेना राेकथाममा आफ्नै बजेटबाट २ कराेड रूपैयाँ सरकारलाई फिर्ता गर्दै मानव अधिकार आयोग

अर्थ संसार, काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले काेराेना राेकथामका लागि आफ्नो बजेटबाट २ कराेड रूपैयाँ सरकारलाई फिर्ता गर्ने भएको छ ।

 आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त रकम कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण र रोकथाममा प्रयोग गर्न सरकारलाई आग्रह गरेको हाे ।

आयोगले जारी गरेकाे विज्ञप्तिमा "कोभिड–१९ को रोकथाम तथा नियन्त्रण कार्यमा सरकारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले आयोगले चालू आर्थिक वर्षकोे कार्यक्रम तथा बजेटबाट प्रशासनिक खर्च तथा अत्यावश्यक कार्यक्रमहरु बाहेक अन्य कार्यक्रमहरु स्थगन गरी सोको लागि विनियोजित बजेट रकममध्ये रु. २ करोड नेपाल सरकारलाई तत्कालै फिर्ता गर्ने निर्णय गरेको छ, नेपाल सरकारलाई फिर्ता गरिएको उक्त रकम कोभिड–१९ को नियन्त्रण र रोकथाममा प्रयोग गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।" भनी उल्लेख गरिएकाे छ । 

त्यसैगरी, सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न समेत आयोगले सम्पूर्णलाई अनुराेध गरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको