Like us!
Follow us!
Connect us!
Watch us!

गरिबी निवारणको उत्तम विकल्प लघुवित्त

शुक्रबार, ०४ चैत्र २०७३, १४ : ४० मा प्रकाशित

गरिबी निवारणको उत्तम विकल्प लघुवित्त

अर्थ संसार 
काठमाडौं– लघुवित्तका माध्यमबाट गरिबी निवारण गर्न सकिने विज्ञहरूले बताएका छन् । राजधानीमा जारी लघुवित्त सम्मेलनअन्र्तगत ‘लघुवित्त अनुभव र भिजन’ का सहभागीहरूले लघुवित्तकै माध्यमबाट ग्रामीण अर्थतन्त्र उकास्न सकिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पहिलो गभर्नर हिमालयसमशेर जबराले अरुभन्दा लघुवित्तकै माध्यमबाट गरिबी निवारण संभव हुने बताउनु भयो । लघुवित्तले नाफा कमाउनेभन्दा सेवा दिने भावनाले काम गर्नुपर्ने उहाँको भनाई थियो । 

अर्का पूर्वगभर्नर गणेशबहादुर थापाले लघुवित्त नियमन आवश्यक भएको बताउनु भयो । ‘नियमनले लघुवित्त ठिक लाइनमा रहिरहन सघाउ पुर्याउँछ’ उहाँले भन्नुभयो । क्रेडिट इन्फरमेशन सिष्टम लागू हुन सके लघुवित्तको विश्वास अझ बढ्ने उहाँले विश्वास व्यक्त गर्नु भयो । दलित, विपन्न र जनजातिको क्षेत्रमा लघुवित्तले रचनात्मक सेवा दिएको उहाँको भनाई थियो ।

पूर्वगभर्नर विजयनाथ भट्टराईले थोक कर्जा प्रदायक संस्थामार्फत स्रोत बढाउन सकिने बताउनु भयो । लघुवित्तलाई पनि डिपोजिटको पहुँच दिनुपर्ने उहाँको भनाई थियो । ‘लघुवित्त पहुँच नपुगेको ठाउँमा जानुपर्छ,’ उहाँले भन्नुभयो । 

यस्तै, अर्का पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले समुहमा छोरीको बिहे भएर अन्यत्र जादाँ समस्या सिर्जना भइरहेको भन्दै ऋण ट्रान्सफर हुने संयन्त्र बनाउन आवश्यक भएको बताउनु भयो । ‘लघुवित्त नियमनले अनुशाशित बनाउँछ’ उहाँले भन्नुभयो । 

लघुवित्तको नियमनका लागि केन्द्रीय बैंकजस्तै दोस्रो तहको संयन्त्रको आवश्यक रहेको उहाँको भनाइ थियो । ‘केन्द्रीय बैंकले मात्र तह नलगाउन सक्छ, यसका लागि छुट्टै संयन्त्र चाहिन्छ’ उहाँले बताउनु भयो । 

पूर्वगभर्नर दीपेन्द्रपुरुष ढकालले लघुवित्तमा इन्फरमेशन टेक्नोलोजीको शुरुवात गर्नुपर्ने बेला भएको बताउनु भयो । लघुवित्तलाई क्रेडिट इन्फरमेशसन सिष्टम ल्याउन आवश्यक भएको उहाँको भनाइ थियो । ‘यसले अनुशासनमा ल्याउन बाटो खुल्छ’ उहाँले भन्नुभयो । 

पूर्वगभर्नर सतेन्द्रप्यारा श्रेष्ठले गरिबी निवारणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सकेको भन्दै लघुवित्तलाई सरकारले सहयोग गर्नुपर्ने बताउनु भयो । ‘लघुवित्तमा फण्डको अभाव छ, फण्डको संयन्त्र बनाउन सके लघुवित्तको प्रभावकारिता अझ बढ्न सक्छ’ उहाँले भन्नु भयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको