Like us!
Follow us!
Connect us!
Watch us!

कोभिड १९ रोकथाम गर्न पूर्वराजा ज्ञानेन्द्र शाहले गरे दुई करोड सहयोग

अर्थ संसार

मंगलबार, १८ चैत्र २०७६, २३ : १० मा प्रकाशित

कोभिड १९ रोकथाम गर्न पूर्वराजा ज्ञानेन्द्र शाहले गरे दुई करोड सहयोग

अर्थ संसार, काठमाडौं -पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउन बाध्यात्मक अनिवार्यता भएकाले यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि नभएको बताएका छ ।

\कोभिड–१९ का सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै पूर्व राजा शाहले विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सम्यता र विकासलाई नै गम्भीर चुनौती दिएको उल्लेख गरेका छ । 

पूर्वराजा शाहले भनेका छन्, “आम नेपालीले यस दुःखको घडीमा अभाव र समस्या सहेर पनि यसविरुद्ध लड्न जुन अनुशान र धैर्यता दर्शाउनुभएको छ, त्यसको हामी उच्च सराहना गर्छौं ।”

\राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउनत सरकारी र गैरसरकारी सबै पक्षबाट समन्वयकारी ढङ्गबाट मानवीय सेवामा सहयोगमा भइरहेको कामको प्रशंसा गर्दै उनले  यसलाई अझै प्रभावकारी तुल्याउन अनुरोध गरे ।

पूर्वराजा शाहले आफ्नोतर्फबाट हिमानी कोषलाई रु दुई करोडमार्फत नेपाल सरकारको ‘कोरोना भाइरस सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’मा उपलब्ध हुने जानकारी गराए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको