Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एयरलाइन्स आज पहिलोपटक अस्ट्रेलिया उड्दै

निशा हुमाँगाई

बुधबार, १९ चैत्र २०७६, १२ : ३६ मा प्रकाशित

नेपाल एयरलाइन्स आज पहिलोपटक अस्ट्रेलिया उड्दै

अर्थ संसार, काठमाडौं - नेपाल एयरलाइन्स आज (बुधबार) पहिलोपटक अस्ट्रेलिया उड्ने भएकाे छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज साँझ ५:३० मा २६४ जना यात्रु लिएर अस्ट्रेलियाको बृस्बेनमा जान लागेको हो ।

नेपालमा रहेका अस्ट्रेलियन नागरिक स्वदेश लैजानको लागि नेपालस्थित अस्ट्रेलियन दूतावासले नेपाल एअरलाइन्सको जहाज चार्टर्ड गरेको हो ।

नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दिपु जुहार्चनले दिएकाे जानकारी अनुसार इतिहासमै पहिलोपटक अस्ट्रेलियाली आकाशसम्म सिधा उडान हुन लागेको हाे ।

नेपाल एअरलाइन्सको उक्त जहाज मलेसियाको क्वालम्पुर हुँदै अस्ट्रेलियाको ब्रीसबेन पुग्नेछ । नेपालबाट सिधै अस्ट्रेलियाको फ्लाइटमा लामो दूरी भएको र यात्रु पनि भरिभराउ भएका कारण क्वालालम्पुरमा ‘रेष्ट गरेर’ अस्ट्रेलियाको लागि उड्ने जुहार्चनले बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको