Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना नियन्त्रण कोषमा कुमारी बैंकको ७० लाख सहयोग

निशा हुमाँगाई

विहीबार, २० चैत्र २०७६, १२ : ४४ मा प्रकाशित

काेराेना नियन्त्रण कोषमा कुमारी बैंकको ७० लाख सहयोग

अर्थ संसार, काठमाडौं - कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त राष्ट्रिय राहत कोषमा योगदान पुर्याएको छ।

प्रत्येक प्रदेशबाट १० लाख रूपैयाँको दरले बैंकले कूल ७० लाख रूपैयाँको सहयोग पुर्याउने भएको छ । सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथामतथा नियन्त्रण कोष’मा बैंकले उक्त रकम सहयोग पुर्याएको हो । 

संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा १० लाख रूपैयाँका दरले जम्मा हुने गरी कोरोना भाइरसको रोकथामका साथै न्यून आमदानी भएका अति विपन्न, सिमान्तकृत परिवारहरूलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सो सहयोग रकम उपलब्ध गराएको हो ।

यही चैत्र १९ गते बुधबारका दिन केन्द्रिय प्रदेशका मूख्यमन्त्री डोर मणि पौडेललाई एक समारोहबीच बैंकका तर्फबाट हेटौँडा शाखा प्रबन्धक कृष्ण शर्माले सहयोग रकम हस्तान्तरण गरेका छन् ।

यसैगरी, बैंकको तर्फबाट प्रदेश नं ५ मा सोही प्रदेशका मूख्यमन्त्री शंकर पौडेललाई बुटवलका शाखा प्रबन्धक सुदन खत्री र कर्णाली प्रदेशमा उक्त प्रदेशका मूख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई सुर्खेतका शाखा प्रबन्धक हिमाल मुढभरीले सहयोग रकम हस्तान्तरण गरेका हुन् । बैंकको यस सहयोगप्रति सम्बन्धित सरकार प्रमुखहरूले धन्यवाद ज्ञापन गर्दै सरकार मात्र नभई हरेक नेपाली संघ/संस्था एवं नागरिकको संयुक्त प्रयास र योगदानले मात्र उक्त महामारी एवं विपदको समयमै न्यूनीकरण एवं नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरूलाई देशव्यापी सक्रिय एटिएम सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरूउपलब्ध गराउँदै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको