Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकद्वारा खाद्यान्न सामाग्री हस्तान्तरण

निशा हुमाँगाई

विहीबार, २० चैत्र २०७६, १३ : १४ मा प्रकाशित

महालक्ष्मी विकास बैंकद्वारा खाद्यान्न सामाग्री हस्तान्तरण

अर्थ संसार, काठमाडौं - विश्वमामहामारीको रूपमा फैलिएको कोरोना भाइरस (COVID 19) का कारण सरकारले गत चैत्र ११ गतेदेखि देशैभरी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविको पार्जन गर्दै आएका श्रमीकहरूलाई राहत स्वरूप महालक्ष्मी विकास बैंकले चार लाख रूपैयाँ बराबरको खाद्यान्न सामाग्री महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई हस्तान्तरण गरेको छ ।

उक्त खाद्यान्न बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेललाई हस्तान्तरण गरेका थिए ।

बैंकले प्रदान गरेको उक्त सहयोगले यस असहज परिस्थितिमा श्रमीकहरूलाई जीवन यापन गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरूलाई पनि बचाउन अनुरोध गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको