Like us!
Follow us!
Connect us!
Watch us!

तयार भएर बस्नुहोस्, राधी हाइड्रोकोे चार करोड बराबरको सेयर आउँदैछ

शुक्रबार, ०४ चैत्र २०७३, १६ : ४१ मा प्रकाशित

तयार भएर बस्नुहोस्, राधी हाइड्रोकोे चार करोड बराबरको सेयर आउँदैछ

अर्थ संसार 
काठमाडौँ– राधी विद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई १० प्रतिशत सेयर निष्कासन गर्ने भएको छ । 

धितोपत्र बोर्डले यही चैत ३ गते बिहीबार राधीलाई सेयर निष्कासनको अनुमति दिएको छ । राधीले ४ मेगावाट क्षमताको राधी आयोजना सम्पन्न गरी हाल सञ्चालनमा ल्याएको छ ।

कम्पनीले लमजुङका आयोजना प्रभावितका लागि ४ लाख कित्ता १० हजार कित्ता साधारण सेयर(आइपीओ) निष्कासन गर्न अनुमति पाएको हो । 

 कम्पनीको निवेदन अनुसार नेपाल धितोपत्र बोर्डले सेयर निष्कासन गर्न कम्पनीलाई अनुमति दिएको हो । 

कम्पनीले प्रति सेयर अंकित मूल्य रु एक सयको  रु ४ करोड दश लाख बराबरको सेयर आयोजना प्रभावित लमजुङ बासीहरुलाई बिक्री गर्नेछ । त्यसपश्चात कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने बताएको छ । 

यो पनि पढ्नुहोस्

नियमित विद्युत पाएपछि सिमेन्ट उद्योगको  नाफा ह्वात्तै बढ्यो

स्ट्यान्डर्ड चार्टर्ड बैंकको एफपिओ : ३ दिनमा १० अर्ब माग्दै ७२ हजार आवेदन

अप्रत्यासित रुपमा घट्यो विद्युत् माग

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको