Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाको सञ्चालक समितिको बैठक भिडियो कन्फरेन्स मार्फत सम्पन्न

निशा हुमाँगाई

विहीबार, २० चैत्र २०७६, १७ : ५३ मा प्रकाशित

कामना सेवाको सञ्चालक समितिको बैठक भिडियो कन्फरेन्स मार्फत सम्पन्न

अर्थ संसार, काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले आज (बिहीबार) विद्युतीय प्रविधिको प्रयोग गरी भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको २८९ औं बैठक सम्पन्न गरेको छ ।

बैंकको इतिहासमा यो पहिलो डिजिटल बैठक हो । नियमित बैठकको अलावा हालको अवस्थाको बारेमा गहन विश्लेषण एवं भावी रणनीतिको सम्बन्धमा नीतिगत निर्णय गर्न तथा आवश्यक दिशा निर्देश गर्न समेत यो डिजिटल बैठक फलदायी रहेको बैंकका अध्यक्ष सुदिप आचार्यले बताएका छन् । 

बैंकले हालसालै आफ्नो नियमावलीमा संशोधन गर्दै विद्युतीय प्रविधिको माध्यमद्वारा भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको बैठक बस्न सक्ने व्यवस्था गरेको थियो । यो बैंकलाई डिजिटाइजेसन र अटोमेसनको पायोनियर बनाउने लक्ष्यको कोसेढुङ्गोको रूपमा यस डिजिटल बैठकलाई लिएको बैंकका प्रमुख कार्याकारी अधिकृत प्रविण बस्नेतले बताएका छन् । २०७६ साल गत कार्तिक २७ गते बैंकको वार्षिकोत्सव तथा भवन समुद्घाटन समारोहमा समेत माननीय अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा एकै दिन ५० वटा शाखा डिजिटल अनावरण गरिएको थियो । 

आज सम्पन्न सञ्चालक समितिको बैठकले ग्राहक महानुभावहरूलाई थप सेवा सुविधा दिने बारे तथा देश लकडाउनमा परेका कारण पिडामा परेका गरिब तथा असहाय व्यक्ति तथा परिवारहरूको दैनिकी सञ्चालन तथा सहजीकरणको निमित्त वडा, गाउँपलिका तथा नगरपालिकाहरूसँग सहकार्य गर्दै अगाडि बढ्न बैंक व्यवस्थापनलाई निर्देशन समेत दिएको छ । यसैगरी मानिसहरूसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आश्रित जनावरहरूमा समेत खाने तथा पिउने पानीको समस्या परेको कुरा विभिन्न संचार माध्यमहरूद्वारा जानकारीमा आएको हुंदा सो सम्बन्धमा समेत सक्दो सहयोग गर्न बैंक व्यवस्थापनलाई निर्देशन गरेको बैंकका अध्यक्ष सुदिप आचार्यले जानकारी गराएका छन् । 

त्यस्तै, काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरूमा १२३ वटा शाखा तथा ६५ वटा ATM मार्फत ग्राहकहरूलाई आफनो सेवाहरू प्रदान गर्दै आएको छ । साथै, बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरू उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको