Web Analytics Made Easy - StatCounter
शुक्रबार, २३ जेठ २०७७
राहत कोषमा आयल निगमको रु ५० करोड
बिहिबार, २० चैत २०७६

अर्थ संसार, काठमाडौं -नेपाल आयल निगमले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड रुपैयाँ सहयोग गरेको छ ।

निगम सञ्चालक समितिले बुधबार बसेको बैठकले उक्त कोषमा रु आधा अर्ब  सहयोग गर्ने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

   उक्त रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आज हस्तान्तरण गरिएको छ । निगमले भाइरसको संक्रमणबाट बच्न र बचाउन नेपाल सरकारले गरेको निर्णय कार्यान्वयनमा सघाउन विज्ञप्तिमार्फत सबैलाई अनुरोध गरेको छ ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved