Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा आजसम्म कोरोनाको संक्रमण पोजेटिभ रिपोर्ट भेटिएको छैन- स्वास्थ्य मन्त्रालय

अर्थ संसार

शुक्रबार, २१ चैत्र २०७६, १७ : ३५ मा प्रकाशित

पोखरामा आजसम्म कोरोनाको संक्रमण पोजेटिभ रिपोर्ट भेटिएको छैन- स्वास्थ्य मन्त्रालय

अर्थ संसार, काठमाडौं - शुक्रबार  दिउँसो केही मिडियाले गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङको भनाई भन्दै पोखरामा कोरोनाको संक्रमण पोजेटिभ भएको भन्दै समाचार प्रकाशन गरे ।

कोरोनो संक्रमित थप भेटियो, पुग्यो ६ वाट ७ पुग्यो भन्दै समाचार एकाएक  भाइरल बन्यो । भारतबाट आएको व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको समाचार भाइरले भएपछि आम मानिसमा थप त्रास पैदा भयो । समाचार प्रकाशन /प्रशारण  मात्रै भएको के थियो वल्र्ड मिटर र कोरोना हेर्ने एपमा  संक्रितको संख्या बढेको देखियो ।

त्यसो त, यस्तो समाचारमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय  खण्डन गरेको छ । पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास प्रवक्ता देवकोटाले पोखराको सन्दर्भमा दिएको प्रतिक्रिया उनकै शब्दमा यस्तो छ–

यो अलिकति के हुँदोरहेछ भन्दा अहिले हामीले प्रदेशमा (ल्याब) विस्तार गर्‍यौं। प्रदेशमा मेसिनहरु गएको छ, रिजेन्टहरु गएको छ । त्यो मेसिनहरुको भ्यालिडेसनको कुरा आउँछ । केही कुराहरु त्यहाँ प्रष्ट रुपमा गर्नुपर्ने हुन्छ । मतलव, संख्याचाहिँ यथेष्ठ रुपमा गरेर, पोजेटिभ, नेगेटिभको संख्याहरु आएर अन्त पनि भेरिफाइड भयो भने यो सब सिस्टम ठीक छ भनेर यो एउटा सामान्य गतिविधि हो । यसमा फेरि त्यहाँ परीक्षण हुने, त्यसपछि फेरि हाम्रो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने, यो दोहोरो भयो भन्ने कुरा पनि केहीले उठाउनुभएको छ, त्यसो हुँदैन । यो चाहिँ भ्यालिडेसन गर्ने क्रममा त्यो मेसिन र रिजेन्टहरु मिल्ने कुरालाई हेर्दाखेरि केही नमूनाहरु हामीले रि ९पुनपरीक्षण० गर्नुपर्ने हुन्छ । त्यो भनेको हाम्रो निर्णयहरु, हाम्रो परीक्षणको नतिजाचाहिँ कंक्रिट होस् भन्नलाई हो, यो सधैंभरि गर्नुपर्दैन । केही समयका लागि हुन्छ ।यसले गर्दाखेरि कुनै केस शंकास्पद भयो भने त्यहाँ (प्रदेशमा) पनि रिपिट हुन्छ, यहाँ पनि रिपिट हुन्छ, थप नमूना लिइन्छ । यो प्रोसेस भइसकेपछि मात्र हामीले रिजल्ट प्रकाशित गर्छौं । त्यो हिसाबले त्यहाँ पोखरामा आजसम्म पोजेटिभ नआएको स्थिति छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको