Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना रोकथाम कोषमा निर्धन उत्थान लद्युवित्तको २८ लाख सहयोग

अर्थ संसार

शनिबार, २२ चैत्र २०७६, १० : ४८ मा प्रकाशित

कोरोना रोकथाम कोषमा निर्धन उत्थान लद्युवित्तको २८ लाख सहयोग

अर्थ संसार, काठमाडौं-  निर्धन उत्थान लद्युवित्त वित्तीय संस्था लिमिटेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि २८ लाख रूपैंया आर्थिक सहयोग प्रदान गरेको छ ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी रूपमा महामारी फैलाएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्धारा स्थापना गरिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २८ रूपैंया आर्थिक सहयोग गरेको हो ।   संस्थाले सहयोग गरेको रकम प्रदेशको बैंक खातामा जम्मा गरिसकेको छ ।

यस विषम परिस्थितमा आम जनमानसमा धैर्यधारण गरी घरभित्रै बस्न, सुरक्षित रहन, आफू बच्न र अरुलाई पनि बचाउन संस्थाले सवैलाई अनुरोध समेत गरेको छ ।

5e88184979e8d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको