Like us!
Follow us!
Connect us!
Watch us!

सनराइन बैंकद्वारा पिपिइ सहयोग

अर्थ संसार

शनिबार, २२ चैत्र २०७६, २० : ३० मा प्रकाशित

सनराइन बैंकद्वारा पिपिइ सहयोग

अर्थ संसार, काठमाडौं -सनराइज बैंक लिमिटेडले कोभिड–१९ को सङ्क्रमण जोखिमको न्यूनीकरणका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशमा सुरक्षाका विभिन्न सामग्री वितरण गर्ने क्रममा रुकुमको मुसिकोट नगरपालिकामा सहयोग सामग्री वितरण गरेको छ ।
 
सो सहयोग सामग्री आज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले सांसद जनार्दन शर्मालाई हस्तान्तरण गर्नुभएको बैंकले जनाएको छ । उक्त सहयोग सामग्रीमा १० थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), एक हजार थान मास्क, स्यानिटाइजर, पल्स ओक्सिमिटर र पञ्जा रहेका छन् ।

हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ३३० भन्दा बढी पिपिइ उपलब्ध गराइसकेको र अन्य प्रदेशमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको