Like us!
Follow us!
Connect us!
Watch us!

के.एल.दुगड समुहद्वारा नेपालगन्ज कोहलपुर क्षेत्रमा खाद्यान्न सामग्री बितरण

अर्थ संसार

आइतबार, २३ चैत्र २०७६, १८ : ४९ मा प्रकाशित

के.एल.दुगड समुहद्वारा नेपालगन्ज कोहलपुर क्षेत्रमा खाद्यान्न सामग्री बितरण

अर्थ संसार, नेपालगन्ज- के एल दुगड समुहले बाके जिल्लाको कोहलपुरको स्थानीयवासीलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । के एल दुगड समुहले कोहलपुर न. पा. वडा न. ७, १४ तथा १५ मा ४०० परिवार लाई, चामल १० के.जि, चक्की आटा २ के.जि, दाल १ के.जि, चना १ के.जी र धारा तोरी को तेल १ लिटर गरी कुल १५ केजी को फेमिली प्याक उपरोक्त वडाहरुमा बसोबास गर्ने गरीब, असहाय, अपाङगहरुलाई  वार्ड अफिसको समान्वयमा बितरण गरिएको हो ।

उक्त खाद्य समाग्री बितरणमा बितरण गरिएको वडाका वडा अध्यक्ष हरु को पनि उपस्थिती रहेको थियो । कोरोना महामारी ले गर्दा कोही पनि परिवार भोक भोकै बस्न नपरोस भन्ने हिसाबमा खास गरी दैनिक ज्यालादारी गरी जिबन गुजारा गर्ने, असहाय, गरीब परिवार हरुलाई वडा कार्यालयले पहिचान गरेका तथा समान्वय मा खाद्य समाग्री बितरण गरिएको कुरा के।

एल. दुगड समुह का  प्रदिप छाजेडले बताउनु भयो ।उक्त समुह ले कुनै बिपत्ति, अप्ठेरो, महामारी पर्ने बित्तिकै त्यस्ता दैनिक रुपमा जिवन चलाउन अप्ठेरो हुने बर्ग हरु लाई सधै सहयोग गर्दै आइरहेको र भबिस्य मा पनि गरिरहने कुरा ब्यक्त गर्नु भयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको