Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुरमा सिएनआईको सहयोग

निशा हुमाँगाई

सोमबार, २४ चैत्र २०७६, ११ : २५ मा प्रकाशित

भक्तपुरमा सिएनआईको सहयोग

अर्थ संसार, काठमाडौं - नेपाल उद्योग परिसंघ विभिन्न तहका सरकार मानवीय सहायताका संस्थाहरुसँग सहकार्य गर्दै कोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थितीसँग जुध्न आवश्यक खाद्यान्न सामाग्री वितरणलाई जारी राखेको छ ।

विविध कारणले खाद्य सामाग्री अभाव भएकाहरुलाई परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसँग समन्वय गरि खाद्य सामाग्री उपलब्ध गराउने प्रयास गरिरहेको छ ।

आज भक्तपुर स्थित "आफ्नो घर आश्रम नेपाल" तथा "मावीय आस्था नपाल" लाई परिसंघका अध्यक्ष सतिश कुमार मोरले खाद्यान्न सामाग्री हस्तान्तरण गरेका छन् । यी संस्थाहरुले सडक बालबालिका, विपन्न तथा खान नपुग्नेहरुलाई आश्रय दिने गरेका छन् । त्यस्तै, स्थानीय निकायसँगको समन्वयमा मनोहरा आसपासका क्षेत्रमा बसोवास गर्ने विपन्न वर्गमा समेत खाद्यान्न वितरण गिरएको थियो । दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका प्याकेटहरु बनाई हस्तान्तरण गरिएको हो । नेपालका सबै प्रदेश लगायत काठमाण्डौ, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराईने छन् ।

त्यसैगरी, यस्तो विसम परिस्थितिमा आफ्ना सदस्य प्रतिष्ठानहरुलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्तरता दिँदै सोको आपुर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत परिसंघले आग्रह गरेकाे छ । त्यस्तै, परिसंघले यस्ता कारखाना तथा उद्योग संचालनमा सहजता ल्याउन त्यहाँ काम गर्ने मजदुर तथा कर्मचारीको आवागमनलाई समेत सहज गराउन सम्वद्ध सबैमा अपिल गरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको