Like us!
Follow us!
Connect us!
Watch us!

नोकिया फोनको वारेन्टि म्याद थप लम्बियो

निशा हुमाँगाई

सोमबार, २४ चैत्र २०७६, १७ : ५० मा प्रकाशित

नोकिया फोनको वारेन्टि म्याद थप लम्बियो

अर्थ संसार, काठमाडौं - नोकियाले हाल COVID-19 कोरोनाभाइरसले श्रृजना गरेको परिस्थितिको कारण आफ्नो रिपेयर एण्ड रिटर्न्स् सेवा (मर्मत तथा अन्य सेवा) को वारेन्टिमा ४५ दिनको म्याद थप गरेको जानकारी दिएको छ ।

तसर्थ यस COVID-19 कोरोना भाइरसले श्रृजना गरेको विषम परिस्थितिलाई मध्यनजर गर्दै ग्राहकहरूमाझ आफ्नो बाचालाई कायम राख्न, आफ्ना ग्राहकहरूका लागि नोकिया फोनको वारेन्टी अवधी थप ४५ दिनको लागी लम्ब्याएको छ ।

यो समय अवधि १५ मार्च, २०२० देखि १५ अप्रिल, २०२० सम्म वारेन्टि म्याद समाप्त भएका फिचर फोन तथा स्मार्ट फोनहरूको वारेन्टिमा लागू गरिएको छ ।

उदाहरणका लागि, यदि प्रयोगकर्ताको फोनको वारेन्टि म्याद १५ मार्च, २०२० मा समाप्त हुन्छ भने नयाँ म्याद समाप्ति ३० अप्रिल, २०२० हुनेछ ।

नोकिया मोबाइलको नेपालको लागि आधिकारीक वितरक टेलिटक प्रा. लि. का अनुसार नोकिया फिचर फोनहरू तथा नोकिया C1 स्मार्ट फोनमा ३६५ दिनको रिप्लेसमेन्ट ग्यारेन्टिको सुबिधा दिँदै आएको जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको