Like us!
Follow us!
Connect us!
Watch us!

एशियाली फुटबल सङ्घद्वारा खेल स्थगित

अर्थ संसार

बुधबार, ०३ बैशाख २०७७, ११ : ४८ मा प्रकाशित

एशियाली फुटबल सङ्घद्वारा खेल स्थगित

अर्थ संसार, काठमाडौं -एशियाली फुटबल सङ्घ (एएफसी)ले आगामी दुई महिनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगन गरेको छ । मलेशियाको राजधानी क्वालालम्पुरमा मुख्यालय रहेको एएफसीले अर्को सूचना नभएसम्मका लागि कुनै पनि प्रतियोगिता सञ्चालन नगर्ने जनाएको हो ।

यसअघि मे र जुन महिनाका लागि विभन्न प्रतियोगिता सञ्चालन गर्न एएफसीले तालिका सार्वजनिक गरेको थियो । विभिन्न देशले कोरोना भाइरसविरुद्ध लड्नु परिरहेको भन्दै प्रतियोगिता स्थगनको निर्णय लिनुपरेको एएफसीले जनाएको छ ।

सन् २०२० मा हुने भनिएको एएफसी च्याम्पियन लिग र एएफसी कप ग्रुप स्टेज प्रतियोगिता पूरा गर्नेबारे सहभागी देश तथा सङ्घसित समन्वय गरी विकल्प खोज्ने एएफसीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको