Like us!
Follow us!
Connect us!
Watch us!

एप्पलले सार्वजनिक गर्याे सबैभन्दा सस्तो आईफोन, नेपालमा कति पर्ला यसकाे मुल्य ?

सराेज खनाल

शुक्रबार, ०५ बैशाख २०७७, ११ : ०३ मा प्रकाशित

एप्पलले सार्वजनिक गर्याे सबैभन्दा सस्तो आईफोन, नेपालमा कति पर्ला  यसकाे मुल्य ?

अर्थसंसार, काठमाडाैं-  बुधबार लामो समयदेखि चर्चामा रहेकाे आईफोन एसई सार्वजनिक भएको छ । काेभिड १९ का कारण पटक-पटक सार्वजनिक मिति परिवर्तन हुँदै आएतापनि आईफोन एसई बुधबार कम्पनीले सार्वजनिक गरेको हो ।

कम्पनीको सबैभन्दा सस्तो फोन रहेकाे आईफोन एसई प्रिमियम फोन मात्रै उत्पादन गर्दै आएको कम्पनीले मिड रेञ्जमा आफ्नो उपस्थिती जनाउन यो फोन सार्वजनिक गरेको जनाएको छ । यो फोनको सुरुवाती मुल्य तीन सय ९९ डलर अर्थात ४८ हजार ८ सय ७० रुपैयाँ तोकिएको छ ।

फोन सेतो, कालो र रातो गरि तीन फरक कलरमा उपलब्ध छ । फोन ६४, १२८ र २५६ जीबी भेरियन्टमा उपलब्ध फोन कम्पनीले विषेशगरी भारतीय बजारलाई लक्षित गर्दै ल्याएको हो । मोबाइलको दोस्रो ठूलो बजारको रुपमा उदाएको भारतलाई लक्षित गर्दै विभिन्न कम्पनीले पछिल्लो समय स्मार्टफोन निर्माण गर्न थालेका छन् ।

४.७ इन्च डिस्प्ले रहको फोनमा होम बटन प्रयोग भएको छ । यो फोन सन् २०१६ मा सार्वजनिक भएको आईफोन ८ जस्तै रहेको छ । फोनमा फेस अनलक नभएर फिंगरप्रिन्ट सेन्सर रहेको उल्लेख गरिएको छ । फोनमा १२ मेगापिक्सेल मुख्य क्यामरा र ७ मेगापिक्सेलको ७ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ ।

यो फोन काेराेनाका कारण केही ढिला भएतापनि चाँडै नेपाली बजारमा पनि आउने निस्चित छ । यसको मुल्य नेपाली बजारमा  निस्चित भैसकेको नभएतापनि ५० हजार भन्दा कम मूल्यमा नेपाली बजारमा उपलब्ध हुन सक्ने अनुमान गरिएकाे छ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको