Like us!
Follow us!
Connect us!
Watch us!

यस्ता छन बच्चाकाे दिमागकाे परीक्षा लिने माेबाइल गेम

सराेज खनाल

शुक्रबार, ०५ बैशाख २०७७, १६ : ४२ मा प्रकाशित

यस्ता छन बच्चाकाे दिमागकाे परीक्षा लिने माेबाइल गेम

जब हामी माेबाइल गेमहरूकाे कुरा गर्छाैं धेरै मानिस हरूकाे ध्यान रेसिङ गेम, सुटिङ गेम, वा वेटल राेयल गेम तिर जान्छ। नजाओस पनि किन, यस्ता गेमहरू हेर्न मात्रै हाेइन खेल्न पनि धेरै राेमाञ्चक हुन्छन। तर, यस समय धेरै माेबाइल गेमहरू अनलाइनमा उपलब्ध छन् । जसले तपाइ र तपाइकाे बच्चाकाे बाैद्विक क्षमताकाे विकास गराउन सक्छ ।

यदि तपाइ हामी आईक्यू बढाउने माेबाइल गेमका बारेमा किन कुरा गर्दैछाैं भन्ने लागेकाे छ भने यति बुझ्नुस् यतिबेला सयम डिजिटल बनेकाे छ । जसले गर्दा मानिसहरूकाे  सिर्जनात्मक क्षमता हराउँदै गएकाे छ भने साेच्ने र केन्द्रित हुने क्षमता हराउँदै गएकाे छ । हामी हाम्राे दैनिक जिवनमा गर्नु पर्ने हरेका कामका लागि इन्टरनेटमा निर्भर हुन्छाै । इन्टरनेट हाम्राे दिनर्चया नै बनिसकेकाे छ ।

तपाई र तपाइका बच्चा पनि दिनभर माेबाइलमै झुण्डिन्छन् या तपाई आफ्नाे साथसाथै आफ्नाे बच्चाकाे मनाेरञ्जनका साथसाथै दिमागकाे कसरत पनि गराउन चाहनुहुन्छ भने तपाइ यस प्रकारकाे माेवाइल गेम खेल्न सक्नु हुन्छ । यसले तपाइकाे सामान्य ज्ञानकाे नलेज बढाउनुका साथै बाैद्धिक क्षमताकाे विकास गर्छ ।

हुन त बेस्ट ब्रेन गेम वा आईक्यू गेमकाे सूचीमा धेरै माेवाइल गेमहरू आउन सक्छन् तर, हामी तपाइका लागि केहि यस्ता दिमागकाे कसरत गराउने गेम वा बाैद्धिकक्षमता बढाउने गेमहरूकाे बारेमा बताउन गइरहेका छाैं  जुन  बच्चाकाे साथसाथै ठूला मानिसहरूले पनि खेल्न सक्छन् । यस गेममा मनाेरञ्जनाका साथसाथै पजलहरू, प्रश्नहरू, तरिकाहरू समेवेश छन् ।

आज हामी केहि बेस्ट ब्रेन गेम्स, पज़ल गेम्स, आईक्यू गेम्सका बारेका चर्चा गर्छाैं । जुन गेम तपाई आफ्नाे एनड्राेइड माेबाइलबाट गुगल प्ले स्टाेरमा गएर डाउनलाेड गर्न सक्नु हुन्छ ।

स्किलजेट ‘Skillz’

यस्ता माेबाइल गेमहरूकाे सूचीमा पहिलाे गेम Skillz काे बारेमा हामी चर्चा गर्दैछाैं । यस गेमले तपाइकाे स्मरण शक्तिकाे परिक्षा लिन्छ। यस गेममा तपाइकाे साेचने क्षमता र निर्णय लिने क्षमताकाे गति र सटीकताकाे पनि टेस्ट हुन्छ । यसमा केहि पजल र केहि प्रश्नहरू हुन्छन् जसले तपाइकाे ध्यान भड्काउन सक्छ । Skillz ऐप्पल ऐप स्टोपमा पनि उपलब्ध छ।

लजिक मास्टर (Logic Master)

एक लजिक मास्टर१ र अर्काे लजिक मास्टर २ गरी गूगल प्ले स्टोरमा लजिक मास्टरका २ भर्जन छन् । विजबिज ‘WeezBeez’ डेवलपरकाे याे धेरै रमाइलाे छ । यसकाे ग्राफिक्स साधारण छ भने  यस गेममा एक औंलाले ड्रयाग एण्ड ड्रप गर्नु पर्ने हुन्छ । यसमा २ सय भन्दा बढी पजल उपलब्ध छन् । सजिलै नियन्त्रण गर्न सकिने र साधारण ग्राफिक्सका कारण याे गेम तपाइ आफ्ना बच्चालाइ पनि खेलाउन सक्नु हुन्छ ।

फाइण्ड माइ माइण्ड ‘Find My Mind’

यस गेमकाे नामबाटै थाहा हुन्छ कि याे एक फरक खालकाे पजल गेम हाे । जसमा १८ पजलका साथै ३६ सय भन्दा बढी लेवलहरू रहेका छन् । यसलाइ कन्ट्राेल गर्न निकै सजिलाे भएका कारण याे गेम बच्चाहरूकाे लागि निकै उपयाेगि रहेकाे छ । यसले स्मरण शक्ति, लजिक, फाेकस, गति र रियाक्ट गर्ने क्षमताकाे परिक्षण गर्छ

लुमाेसिटी ब्रेन ट्रेनिङ ‘Lumosity: Brain Training’

विश्वमा १० कराेड भन्दा बढी मानिसहरूले डाउनलाेड गरिसकेकाे याे गेम विज्ञानमा आधारीत छ । यसले तपाइकाे स्मरण शक्ति र एकाग्रताकाे टेस्ट लिनुका साथै ति समस्याकाे सामाधान पनि निकाल्न सक्छ । यसमा तपाइले  १० मिनेट फ्रि टेस्ट दिन सक्नुहुन्छ ।

ट्रिकी टेस्ट ‘Tricky Test’

याे एक दिमागलाइ घुमाउने गेम हाे । यसले विभिन्न पजलहरूकाे माध्यमबाट तपाइकाे ध्यान भड्काइ परीक्षा लिन्छ । यसले तपाइकाे सामान्य ज्ञानकाे पनि परिक्षण गर्छ । यदि तपाइले यस गेममा भएका १ सय ११ प्रश्नकाे १ सय २० मिनेटमा सामाधान निकाल्न सक्नु भयाे भने यसले तपाइलाइ प्रतिभाशालीकाे सूचीमा राख्छ । गूगल प्ले स्टोरमा Tricky Test 1 र Tricky Test 2 उपलब्ध छन्

अरूपनि यस्तै गेम हरूमा:

#ब्रेन गेम्स ‘Brain games’

#मैथ पज़ल ‘Math Puzzle’

#Left or Right: Brain Games for Brain Training

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको