Like us!
Follow us!
Connect us!
Watch us!

कुहिएको चामल बाँडेर जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने मेयर प्रहरीको फन्दामा

अर्थ संसार

मंगलबार, ०९ बैशाख २०७७, १४ : ४९ मा प्रकाशित

कुहिएको चामल बाँडेर जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने मेयर प्रहरीको फन्दामा

अर्थ संसार,बारा-विपन्न परिवारलाई कुहिएको चामल बाँडेको  अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीको फन्दामा परेका छन् ।

कोरोना भाइरसको कारणले लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई राहतमा गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको अभियोग लगोको  मेयर राजेश रायलाई  जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनलाई कलैयाबाट नियन्त्रणमा लिएको हो ।

मेयर रायले राहतका नाममा गुणस्तरहीन चामल, दाललगायतका उपभोग्य वस्तु वितरण गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिए । मेयर रायलाई अहिले जिल्ला प्रहरी कार्यालय, कलैयामा राखिएको छ ।

एसपी पंगेनीका अनुसार, उनीमाथि लागेको अभियोगबारे सोधपुछ गर्न नियन्त्रणमा लिइएको हो ।

‘मेयरमाथि लागेको अभियोगबारे सोधपुछ गर्न नियन्त्रणमा लिएका छौं । अभियोगबारे अनुसन्धान सकेर थप निर्णय लिन्छौं,’ एसपी पंगेनीले  भने ।

राहत वितरण कार्यमा संलग्न सातजनालाई यसअघि नै प्रहरीले नियन्त्रणमा लिइ सकेको छ । 

कलैया उपमहागरपालिकाका वडा नम्बर २२ मटिअरीया, वडा नम्बर ७ र २० मा चैत २८ गते  वितरण गरिएको चामल, दाल कुहिएको भेटिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको