Like us!
Follow us!
Connect us!
Watch us!

दुख परे हामीलाई सम्झनुहोस् : महासंघ

निशा हुमाँगाई

बुधबार, १० बैशाख २०७७, १२ : ५२ मा प्रकाशित

दुख परे हामीलाई सम्झनुहोस् : महासंघ

अर्थ संसार, काठमाडौं - नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको प्रविधिमैत्री मिटिङ सम्पन्न भएकाे छ । 

बैठकमा कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि सरकारले लकडाउन गरेयता सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको अवस्थाबारे छलफल भएकाे छ ।

बैठकले प्रदेशभित्रका जिल्लाहरुमा सञ्चारमाध्यमलाई परेको समस्या समाधानको सहजिकरण गर्ने र सञ्चारकर्मीहरुको दैनिकीमा लकडाउनका कारण परेको प्रभावबारे बुझेर समस्यामा परेका सञ्चारकर्मीहरुलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको महासचिव कृष्ण सारु मगरले बताएका छन् । 

त्यसको लागि जिल्लास्थित महासंघ शाखाहरुमार्फत समन्वय गरिने पनि उनले बताए । यस्तै, लकडाउन  अवधिमा कुनै समस्या परेमा महासंघमा खबर गर्न पनि सञ्चारकर्मीहरुलाई अनुरोध गरिएको छ ।

त्यसैगरी, महासंघले समाचार संकलन तथा सम्प्रेषण गर्न अस्पताल तथा स्वास्थ्य केन्द्र, क्वारेन्टाइन क्षेत्र, विमानस्थल र भिडभाड भएका ठाउँको अग्रभागमा रहेर समाचार संकलन गरिरहेकाले पूर्वसतर्कता अपनाउन सबै सञ्चारकर्मीहरुलाई आह्वान गरेको छ ।

त्यस्तै, कोरोना भाइरसका बारेमा समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र यथार्तपरक समाचार सम्प्रेषण गरी जनतालाई सहि सूचना प्रवाह गर्न बैठकले सबै सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ ।

5e9ff15f91946.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको