Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको हकप्रद दशैं लगत्तै, २ कित्ता हुनेले १ कित्ता भर्न पाउने

शुक्रबार, २१ असोज २०७३, १४ : ३३ मा प्रकाशित

कृषि विकास बैंकको हकप्रद दशैं लगत्तै, २ कित्ता हुनेले १ कित्ता भर्न पाउने

अर्थ संसार
काठमाडौं–तपाईंसँग कृषि बिकास बैंकको सेयर छ ? दशैंको बीचमै हकप्रद भर्न रकम जोहो गर्नुहोला । दशैं सकिएलगत्तै कृषि विकास बैंकको ५० प्रतिशत हकप्रद भर्ने आवेदन खुल्दै छ । बैंकले २ बराबर १ अनुपातमा हकप्रद शेयर कात्तिक ३ गतेबाट खुल्ला गर्ने सूचना जारी गरेको छ । साधारण सेयर भएका र दोस्रो बजारबाट असोज ९ गतेसम्म किनेका शेयरधनीले हकप्रद भर्न पाउँछन् । 

बैंकले एस क्यापिटललाई सेयर निस्कासन तथा विक्री प्रबन्धक तोकेको छ । सेयरधनीले एस क्यापिटल सहित, एस डेभलपमेन्ट बैंकका कार्यालयहरु, सिबिआईएल क्यापिटल र कृषि विकास बैंकका शाखा कार्यालयहरुमार्फत हकप्रद शेयरको आवेदन गर्न सकिनेछ ।

बैंकको  चुक्ता पूँजी ३ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ छ । हकप्रद ५० प्रतिशत जारी गरेपछि बैंकको चुक्तापूँजी चुक्ता पूँजी ५ अर्ब ९० करोड ६४ लाख रुपैयाँ पुग्नेछ ।बैंकले गत बर्ष पनि आकर्षक मुनाफा आर्जन गरेको छ । गत आर्थिक बर्ष बैंकको नाफा २ अर्ब ५७ करोड रुपैयाँ थियो ।

यस आधारमा यसअघि रहेको चुक्तापूँजी अनुसार प्रति शेयर आम्दानी ५५ रुपैयाँ ६४ पैसा थियो । बैंकले तीन बर्षदेखि लगातार राम्रो प्रतिफल दिँदै आएको छ । तीन बर्ष अघि ३१ प्रतिशत नगद लाभांश दिएको बैंकले अघिल्लो बर्ष बोनस सेयर र नगद लाभांश गरी १५ प्रतिशत प्रतिफल दिएको थियो । गत बर्ष भने १५ प्रतिशत बोनस सेयर दिएको थियो । गत बर्षको नाफाबाट पनि बैंकले आकर्षक लाभांश दिन सक्ने देखिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको