Like us!
Follow us!
Connect us!
Watch us!

जलविद्युत् क्षेत्रमा आक्रामक लगानी गर्दै नेपाल टेलिकम

मंगलबार, ०८ चैत्र २०७३, १० : २९ मा प्रकाशित

जलविद्युत् क्षेत्रमा आक्रामक लगानी गर्दै नेपाल टेलिकम

अर्थ संसार 
काठमाडौं– सरकारी स्वािमवको नेपाल टेलिकमले एकपछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माणको क्रमलाई गति दिएको छ । टेलिकमले हालसम्म विभिन्न तीन वटा जलविद्युत् आयोजनामा लगानी गरेर आफ्नो उपस्थिती जनाएको छ ।

 टेलिकमले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा लगानी गरेको छ । सो आयोजना निर्माणको क्रममा रहेको छ । कुल ४५६ मेगावाटको माथिल्लो तामाकोसीमा टेलिकमको ६ प्रतिशत सेयर लगानी छ ।  जलविद्युत् आयोजनामा प्रतिफल पनि पाइने र लगानी पनि सुरक्षित हुने भन्दै जलविद्युत् आयोजनामा लगानी सुरु भएको टेलिकमले जनाएको छ । 

यस्तै नेपाल विद्युत् प्राधिकरणको अर्को सहायक कम्पनी  त्रिशुली जलविद्युत कम्पनी लिमिटेडमार्फत निर्माण हुन लागेको ३७ मेगावाटको त्रिशुली ३ बीमा टेलिकमको ३० प्रतिशत लगानी रहेको छ । 

हालै गठन भएको राष्ट्रिय विद्युत उत्पादन कम्पनीमा लगानी गर्ने वचन दिएको छ । संस्थागत सेयर सदस्यकै रुपमा टेलिकमले सो कम्पनीमा सहभागिता जनाएको छ । सरकारको विशेष आग्रहमा विद्युत उत्पादन कम्पनीमा लगानी गरेको टेलिकमले जनाएको छ । 

टेलिकमले संस्थागत, सरकारको ऋणपत्र र अल्पकालिन लगानी गर्दै आएको छ । टेलिकमको चुक्तापुँजी रु १५ अर्ब छ । जसमध्ये सरकारको ९१.५ प्रतिशत र  ८.५ प्रतिशत नागरिकको लगानी छ । 
चालु आर्थिक वर्षको ६ महिनामा टेलिकमको नाफा ९ प्रतिशत बढेर रु  ७ अर्ब ९१ करोड पुगेको छ । गत आवको सोही अवधिमा टेलिकमले रु ७ अर्ब २५ करोड  नाफा गरेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको