Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना काेषमा नेपाल एल पी ग्याँसकाे १५ लाख सहयाेग

निशा हुमाँगाई

सोमबार, १५ बैशाख २०७७, १० : ५७ मा प्रकाशित

कोरोना काेषमा नेपाल एल पी ग्याँसकाे १५ लाख सहयाेग

अर्थ संसार, काठमाडौं – नेपाल एल पी ग्याँस उद्योग संघले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा १५ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

हिजाे एक कार्यक्रमका बीच ग्याँस उद्योग संघकाे तर्फबाट अध्यक्ष गोकुल भण्डारीले वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई उक्त सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

यस्तै, उक्त हस्तान्तरण कार्यक्रममा ग्याँस उद्योग संघका पुर्व अध्यक्ष तथा अन्य विभिन्न पदाधिकारीहरू समेत उपस्थित रहेकाे थियो ।

त्यसैगरी, सो कार्यक्रममा मन्त्री भट्टले मुलुकमा रहिरहेको लकडाउनले आम सर्वसाधारणहरूको जीवनयापनमा आइपरेको संकटको यस घडीमा समेत ग्याँस उद्योग संघले खाना पकाउने एलपी ग्यास अभाव हुन नदिएको भन्दैे ग्याँस उद्योग संघका पदाधिकारी मार्फत व्यवसायीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको