Like us!
Follow us!
Connect us!
Watch us!

ओप्पोको ग्लोबल मार्केटिङ प्रमुखमा लाई ल्यू नियुक्त

निशा हुमाँगाई

सोमबार, १५ बैशाख २०७७, १५ : ३२ मा प्रकाशित

ओप्पोको ग्लोबल मार्केटिङ प्रमुखमा लाई ल्यू नियुक्त

अर्थ संसार, काठमाडौं -  ओप्पोले ‘लाई ल्यू’ लाई ग्लोबल मार्केटिंगका रूपमा नियुक्त गरिएको घोषणा गरेको छ ।

उनले चीनका सीएमओका रूपमा समेत रहँदै ओपोका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक टोनी चन्लाई डाइरेक्ट रिपोर्टिङ गर्ने कम्पनीले जनाएकाे छ । साथै, ब्रायम शेनले उनको व्यक्तिगत स्वास्थ्यका कारण आफ्नो पदभारबाट डाउन स्टेप गर्ने जानकारी पनि दिइएको छ ।

आईडीसीका अनुसार सन् २०१९मा ओपोको शिपमेन्ट वैश्विक रूपमा ११४.३ मिलियन पुगेको छ । यसका साथै, ८.३ प्रतिशत बजार हिस्साका साथमा ओपो ग्लोबल स्मार्टफोन मार्केटमा पाँचौ स्थानमा रहन सफल रहेको छ । हाल ओपोको प्रमुख लक्ष्यका ग्लोकलाईजेसन हो ।  

ओपोका लागि वैश्विक बजारमा उपस्थिती उत्पादनको विक्रिका लागि मात्र नभइ संघटन/एकिकरण तथा वैश्विक संसाेधनको उपयोग गर्दै हरेक बजारमा आफ्नो प्रतिवद्धतालाई थप गहिराइ प्रदान गर्नु हो । वैश्विक बजारमा ओपोको बृहत्त विकास सँगै अझ सटिक वैश्विक तैनातीका लागि नयाँ रणनीति अपनाउनु आवश्यक छ । भविष्यमा ओपोले आफ्ना प्रमुख बजारहरूमा ग्लोकलाइजेसन क्षमतामा विस्तार गर्दै आफ्ना उपभोक्तालाई अझ उत्कृष्ट सेवा तथा उत्पादन उपलब्ध गराउनु रहेकाे छ ।

सोही मितिदेखि व्यक्तिगत स्वास्थ्य अवस्थाका कारण कम्पनीका ग्लोबल मार्केटिंगका निवर्तमान अध्यक्ष ब्रायन शिनले आफ्नो पदबाट स्टेप डाउन गरेको जानकारी पनि दिएको छ । साथै, उनको साथ र सहयोगको कदर गर्दै चाँडै नै कम्पनीमा फर्कने आशा पनि व्यक्त गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको