Like us!
Follow us!
Connect us!
Watch us!

IPO मा लगानीकर्ताहरु चनाखो भए कै हुन त ?

सोमबार, १५ बैशाख २०७७, १८ : ४० मा प्रकाशित

IPO मा लगानीकर्ताहरु चनाखो भए कै हुन त ?

पछिल्लोे समय शेयर बजारमा निश्कासन भएको  नेपाल पुनर्बिमा कम्पनीको प्राथमिक शेयर (आइपिओ) मा लगानीकर्ताहरु झुमिएको देखियो । नेपाल पुनर्बिमा कम्पनीले  निष्काशन  गरेको भएको १ करोड ६० लाख साधारण शेयर (आइपिओ) मा सर्बसाधारणलाई १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता छुट्याएको थियो । जसमा ३ लाख ९० हजार भन्दा बढि लगानीकर्ताहरुले आबेदन  दिएका थिए ।   कम्पनीले निश्कासन गरेको भन्दा ३. ५८ गुणा बढि कित्ताको लागि आबेदन परेको थियो । आबेदनको सख्याको हिसाबले हेर्ने हो भने पनि अहिले सम्मकै सबभन्दा बढि हो भन्दा पनि ुहन्छ । 

त्यसोत कतिपय सरोकारवालाहरुको भनाइमा पछिल्लो समयमा लगानिकर्ताहरु चनाखो भएको बताउँछन । पछिल्लो समयमा हाइडो पावर कम्पनीहरुको आइपिओमा मात्र कम आबेदन पर्ने गरेको र सबै आइपिओहरु बिक्री नभएको अबस्थामा पनि नेपाल पुनर्बिमा कम्पनीको आइपिओमा  माग भन्दा धेरै आबेदन परेकोलाइ लगानीकर्ताहरु चनाखो भएको देखिन्छ ।  पछिल्लो समयमा हाइडो पावर कम्पनीहरुको आइपिओमा लगानीकर्ताहरुको आकर्षण कम भएतापनि  बिमा कम्पनी र माइक्रोफाइनान्स कम्पनीहरुको आइपिओमा लगानीकर्ताहरुको आकर्षण रहेको देखिन्छ । 

पछिल्लो समयामा एकातिर शेयरबजार ओरालो लागिरहेका छन भने अर्को तिर आइपिओमा भने लगानीकर्ताको आकर्षण रहेको देखिनछ । नेपाल पुनर्बिमा कम्पनीकोे आइपिओमा परेको आबेदनको संख्याले यसलाइ पुष्टि गरेका छ ।

त्यसो त, माइक्रो फाइनान्स कम्पनीको आइपिओको संख्या  कित्ता कम मात्र हुने गरेको कारणले पनि माइक्रो फाइनान्सको साधारण  शेयर खरिदमा लगानीकर्ताहरुकोे चाप देखिने गरेका छन ।  माइक्रो फाइनान्स कम्पनीहरुको शेयर दोश्रो बजारमा  अरु समुहहरुको भन्दा बढि  मुल्यमा बिक्री हुने कतिपय लगानीकर्ताको भनाइ रहेका छन । यसकारणले पनि माइक्रो फाइनान्स कम्पनीहरुको आइपिओको  शेयर खरिदमा लगानीकर्ताहरुको चाप रहेने गरेको बताउँछन सरोकारवालाहरु ।  

पछिल्लो समयामा एकातिर शेयरबजार ओरालो लागिरहेका छन भने अर्को तिर आइपिओमा भने लगानीकर्ताको आकर्षण रहेको देखिनछ । नेपाल पुनर्बिमा कम्पनीकोे आइपिओमा परेको आबेदनको सख्याले यसलाइ पुष्टि गरेका छ ।

 त्यसोत  शेयर बजारको दोश्रो बजारमा नै टप भनिएका बाणिज्य बैंकहरुको शेयरको भाउ नै घटिरहेको अबस्थामा पनि आइपिओमा लगानीकर्ताहरुको आकर्षण कम नभएको जस्तो देखिन्छ । आइपिओका लगानीकर्ताहरु धेरै जसो साना र नव प्रवेशी लगानीकर्ताहरु हुने गरेका छन  । दोश्रो बजारका सक्रिय लगानीकर्ताहरुले आइपिओको शेयरमा त्यति चासो दिने गरेको पाइदैन । त्यसोत नव प्रवेशीहरुको लागि शेयर बजारमा प्रबेश गर्न नयाँ लगानीकर्ताहरुको लागि आइपिओे उपयुक्त छन् । 

शुरुमा आइपिओेमा लगानी गरि त्यसबाट अनुभब लिइ पछि दोश्रो बजारमा प्रबेश गर्न राम्रो हुने देखिन्छ ।  आइपिओको शेयरमा लगानी गर्दा जोखिम कम हुने देखिन्छ  । तर यसो भनि रहँदा कतिपय जल विद्युत कम्पनीको आइपिओमा लगानी गर्ने लगानीकर्ताहरु पछिल्लो समयमा जोखिममा रहेका पनि देखिन्छ । शेयर बजारको दोश्रो बजारमा कतिपय हाइडो पावर कम्पनीहरुको शेयरको मुल्य १सय भन्दा कममा पनि रहेका छन । तर, पनि अपवादमा बाहेक आइपिओमा लगानी गर्दा लगानीकर्ताहरुलाइ जोखिम भने कम नै रहने गरेका छन । यसकारणले पनि लगानीकर्ताहरुको आकर्षण आइपिओ को शेयरमा रहेको हो भन्दा पनि फरक नपर्ला ।
 
त्यसैगरि पछिल्लो समयमा आइपिओको शेयर खरिद गर्नको लागि आबेदन दिन बिगतमा जस्तो घाम पानी नभनि दिनभर जस्तो लाइनमा बसेर आबेदन दिन नपर्ने भएको छ । जसकारणले पनि आइपिओको शेयरहरुमा आबेदनको चाप बढेको हो भन्दा पनि फरक नपर्ला । आइपिओ शेयर खरिद गर्नकोे लागि सि आस्वा मार्फत अनलाइनबाट मेरो शेयर मार्फत घर,पसल कार्यालयमा बसीबसी शेयर खरिदको लागि आबेदन दिन  सकिन्छ ।

 त्यसोत, कतिपय लगानीकर्ताहरु भने आइपिओओमा आबेदन दिनको लागि लेखाजोखा नै नगरि कति कित्तासम्म राखे ठिक हुन्छ भनेर लेखाजोखा नै नगरि आबेदन गर्ने गरेको पनि देखिन्छ । आइपिओको शेयर बाडफाड गर्दा १० कित्ते नियम निति अनुसार बाँडफाँड गर्ने गरेका छन ।  यसकारणले बढि भन्दा बढि आबेदन दिएर आफ्नो रकमलाइ ब्लक गरि राख्न भन्दा पनि हिसाब गरेर कति कित्तासम्मको लागि  आबेदन दिँदा रामे हुनेछ भन्ने बिचार गरेर मात्र आबेदन दिए बेस होला ।

नेपाल पुनबिर्मा कम्पनिको आइपिओमा  आबेदन दिनेहरको ३ अर्ब भन्दा बढिको रकम २ हप्ता भन्दा बढि समयको लागि ब्लक भएको थियो । निकट भबिष्यमा पनि थुप्रै कम्पनीहरुको आइपिओ शेयर निष्काशनको लागि पाइप लाइनमा रहेको रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको