Like us!
Follow us!
Connect us!
Watch us!

झन्डै २०० प्रतिशतले बढ्यो स्पर्स लघुवित्तकाे नाफा : चम्किए अधिकांश सूचक

निशा हुमाँगाई

आइतबार, २१ बैशाख २०७७, १२ : ३७ मा प्रकाशित

झन्डै २०० प्रतिशतले बढ्यो स्पर्स लघुवित्तकाे नाफा : चम्किए अधिकांश सूचक

अर्थ संसार काठमाडाैं - स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड ७९ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा १९७ दशमलव ५१ प्रतिशत धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ६० लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे खुद व्याज आम्दानी १०८ दशमलव ९६ प्रतिशतले बढेर ४ करोड ६९ लाख ३९ हजार रुपैयाँमा आइपुगेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड २४ लाख ६३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो ।

संस्थाकाे सञ्चालन मुनाफा १६३ दशमलव २३ प्रतिशतले बढेर २ करोड २२ लाख ८८ हजार रूपैयाँ पुगेको छ । यस्तै, संस्थाकाे चुक्ता पूँजी ९ करोड ३७ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, संस्थाकाे प्रतिशेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा रहेकाे छ । संस्थाकाे प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ७२ पैसा रहेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको