Like us!
Follow us!
Connect us!
Watch us!
तीन नाकाबाट जोडिदैछ सुपर हाइवे

चीनतर्फ पनि बन्ने भयो ४०० केभीको अन्तरदेशीय प्रसारण लाइन

बुधबार, ०९ चैत्र २०७३, १२ : ५५ मा प्रकाशित

चीनतर्फ पनि बन्ने भयो ४०० केभीको अन्तरदेशीय प्रसारण लाइन

अर्थ संसार 
काठमाडौं– भारतबाट मात्रै विद्युत् आयात भइरहेको र निर्यात पनि विगतमा उतै मात्रै भइरहेको अवस्थालाई चिर्दै सरकारले चीनतर्फ पनि विद्युत् प्रसारण लाइन निर्माण गर्ने विषयमा पहल गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भोलिबाट हुने चीन भ्रमणको क्रममा प्रसारण लाइन निर्माणको विषयमा महत्वपूर्ण सम्झौता गर्ने तयारी गरिएको छ ।रसुवा केरुङ अन्तरदेशीय प्रसारण लाइन, किमाथाङका र कोरला अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा महत्वपूर्ण छलफल र सम्झौता समेत गर्ने तयारी गरिएको छ ।

ऊर्जा मन्त्रालयले सो सम्बन्धमा आवश्यक तयारी गरिरहेको छ । रसुवा केरुङ अन्त्रदेशीय प्रसारण लाइन निर्माणको विषयमा यसअघि पनि छलफल भएपनि कुनै पनि प्रकारको सम्झौता हुन सकेको थिएन । आगामी केही वर्षभित्र नेपालमा उत्पादन हुने विद्युत् तिब्बत निर्यात गर्नका लागि महत्वपूर्ण सुपर हाइवे बनाउने लक्ष्यका साथ चीन सरकारसँग ऊर्जा आदान प्रदान गर्ने विषयमा महत्वपूर्ण सम्झौताको तयारी गरिएको बताइएको छ ।

तीन वटा प्रमुख नाकालाई ध्यानमा राखेर छलफल अगाडि बढाइएको लामो समय भएपनि कुनै सहमतिमा नपुगेको अवस्थामा यस पटक भने अन्तरदेशीय प्रसारण लाइनको विषयमा सम्झौताको तयारी गरिएको हो । ती प्रसारण लाइनको क्षमता ४०० केभी हुनेछ ।गत वर्ष भारतले नाकाबन्दी गरेपछि उत्तरतर्फबाट पनि विद्युत् आयात तथा निर्यातको विषयमा सुपर हाइवे बनाउने विषयले प्राथमिकता पाएको थियो ।

परराष्ट्र मन्त्रालयले पनि विद्युत् प्रसारण लाइनको विषयमा प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा महत्वपूर्ण सम्झौताको तयारी गरिएको जनाएको छ । यस्तै कुनै एउटा महत्वपूर्ण आयोजनामा चीन सरकारको लगानीको विषयमा समेत भ्रमणको क्रममा छलफल हुने र सम्झौता गर्ने तयारी गरिएको छ ।

नेपालमा पछिल्लो दिनमा चिनियाँ लगानी बढेपनि प्रभावकारी रुपमा काम हुन नसकेको भन्ने गुनासो बढीरहेको बेला आयोजनालाई समयमा सम्पन्न गर्ने संयन्त्र निर्माणको विषयमा समेत कुराकानी हुने छ ।

नेपालको अपार जलस्रोतलाई उपयोग गर्ने सम्बन्धमा लगानी तथा प्रसारण लाइन निर्माणमा हुने महत्वपूर्ण सम्झौताले भारत वेष्ठित प्रसारण लाइन तथा विद्युत् आयात संयन्त्रलाई बहुदेशीय तथा उत्तरवेष्ठित समेत बनाउने विश्वास लिइएको छ ।
ऊर्जा मन्त्रालयले पनि प्रसारण लाइन निर्माणमा चीन सरकारसँग हुने सम्झौता नेपालको हितमा हुने प्रतिक्रिया दिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको