Like us!
Follow us!
Connect us!
Watch us!

खाडिबाट सरकारलाई खुलापत्र:के हामीलाई अब उद्धार नगर्ने पक्का नै भएको हो?

बुधबार, २४ बैशाख २०७७, १८ : १७ मा प्रकाशित

खाडिबाट सरकारलाई खुलापत्र:के हामीलाई अब उद्धार नगर्ने पक्का नै भएको हो?

सरकारलाई हामी खाडि बासी को प्रश्न अनि अनुरोध , के हामीलाई अब उद्धार नगर्ने पक्का नै भएको हो?

हामी सरकारको निगरानिमा नेपाल पाइला टेकेको दिनबाट क्वारेन्टाइनमा बस्न तयार छौं 

 


कोराना संक्रमित लास त फर्किदैन यो पक्का हो तर अहिलेसम्म भएको यो जिउँदो लास त फर्काउनलाई मद्दत गर्नुस सरकार !!
 

अहिले देखिएको यो माहामारीले ज्यान आज बचाए भोलि नि कमाउन सकिन्छ भन्ने पाठ सिकायो तेसैले सरकारले छिटोभन्दा छिटो उद्दारको लागि राम्रो रणनिति तयार गरि सकुशल फर्क्ने वाताबरण बनाइदियोस

हामी सरकारको निगरानिमा नेपाल पाइला टेकेको दिनबाट क्वारेन्टाइनमा बस्न तयार छौं । यहाँ खाडिमा हामी दिनप्रतिदिन बाद्यताले जोखिममा बाचिरहेको छौ ,काम गुमाउनेलाई जति पिर छ काम गर्नेलाई नि कहिले कोराना को संक्रमीत हुने हो भन्ने पिर छ।

नेपालले गरेको हालैको लकडान रणनिति येता भन्दा धेरै सुरक्षित रहेको छ जनताको हितमा छ येसको नेपाली नागरिकले सम्मानका साथमा पालाना गरे कोरना नियन्त्रणमा लिन सकिन्छ ।

अब सरकारले येता हामी आप्रवासीलाई पनि गम्भीरतापूर्वक ध्यानाकर्षण गर्ने हो कि? नेपालको बढदो बेरोजगारी सग लडाइँ गरेर दुई पैसा कमाएर पुनः नेपाल नै फर्किएर केहि व्यवसाय गर्ने हेतुले आएको हो तर अहिले देखिएको यो माहामारीले ज्यान आज बचाए भोलि नि कमाउन सकिन्छ भन्ने पाठ सिकायो तेसैले सरकारले छिटोभन्दा छिटो उद्दारको लागि राम्रो रणनिति तयार गरि सकुशल फर्क्ने बाताबरण बनाइदियोस ।

जय नेपाल

नवीन गौतम
हाल युएई

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको