Web Analytics Made Easy - StatCounter
मङ्गलबार, २० जेठ २०७७
कोभिड–१९ को दक्षिण एशियामा आर्थिक प्रभाव : ३ दृश्यमा
बिहिबार, २५ बैशाख २०७७

मिलन खड्का 

कोभिड–१९को महामारीले विश्वको अर्थतन्त्रलाई उथल पुथल पारिसकेको छ।  विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणलाई दोस्रो विश्वयुद्धको बेला जापानी बम वर्षक विमानबाट पर्ल हार्बर द्वीपमा भएको आक्रमण र वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी हमलाबाट भएको क्षतिसँग तुलना गरिसकेको छन्। 

आफुलाई आर्थिक हिसाबले सक्षम रुपमा आफुलाई तुलना गर्ने यूरोपियन युनियनले अब अहिले सम्म कै ठुलो आर्थिक मन्दी परिस्थितिहरूको सामना गर्नुपर्ने विवरण प्रस्तुत गरिसकेको अवस्था छ।  अबको वर्षमा युरोको मुद्रा गिरावट ७.७५% ले हुने आकलन यूरोपियन युनियनले गरिसकेको अवस्था छ। 

कोरोनाबाट सिर्जना भएको यस अभूतपूर्व संकटबाट दक्षिण एशिया चोखो रहने सम्भावना कमै रहेको छ।

आर्थिक क्रियाकलापहरु घट्दै छन् संगसंगै कार्बन उत्सर्जन पनि घट्दै   

कोरोनाको सङ्कटका  कारण विगत ४० वर्ष यताकै कमजोर आर्थिक प्रदर्शन हुने र  यस क्षेत्रमा गम्भीर आर्थिक मन्दी हुने देखिन्छ।  यस क्षेत्रमा आर्थिक क्रियाकलापहरु घट्दै छन्  भन्ने कुरा यहाको  कार्बन उत्सर्जनमा उल्लेख  मात्रमा कमी  आउनुले  पनि देखाउछ।   उपग्रहबाट खिचिएको तस्बिरबाट पनि यी कुरा प्रस्ट हुन्छ। यस क्षेत्रमा औधोगिक क्षेत्रहरु बन्द गर्दै सबै कोराना नियन्त्रणमा लाग्दा कार्बन उत्सर्जनमा उल्लेखीय कमी आएको भूउपग्रहको तस्बिरबाट प्रष्ट देखिन्छ।

दक्षिण एशियामा स्वच्छ हावा स्वागत योग्य भएतापनि देखिएको आर्थिक  मन्दीले सेवा क्षेत्रमा रोजगारीको सख्या घटनुको साथै दैनिक उपयोग्य सामानको मूल्य बृद्धि हुदा गरिब तथा कमजोर राष्ट्रहरुमा आर्थिक कठिनाई सिर्जना गरेको छ।  

आर्थिक अवस्था अझ भयावह   

साउथ एशिया इकोनोमिकल फोकसका अनुसार  दक्षिण एसिया रिजनको जिडिपी ग्रोथ १.८% देखि २.८% मात्र हुने अनुमान गरेको छ। ६ महिना पहिलेको तुलनामा यो अनुमान भन्दा ६.३%ले कम हो र यो पछिल्लो ४ दशकमा सबै भन्दा कम्जोर हो।
 
रातो रेखामा देखिए अनुसार सबैभन्दा खराब अवस्थामा यस क्षेत्रको अर्थ व्यवस्था नै धरासायी हुन् सक्ने अनुमान गरिएको छ। 

राज्य स्वामित्वका बैंकको महत्व र समस्या समाधानमा बैंकको भूमिका  


राज्य स्वामित्वका बैंकहरु अरु क्षेत्रका तुलनामा साउथ एसियामा हाबी देखिन्छन (हरियो रङ्ग) । आर्थिक विकासमा पब्लिकले सकारात्मक तथा नकारात्मक कुनै पनि भूमिका खेल्न सक्छन।  नकारात्मक किनकिले यी बैंकले आफ्नो प्रदर्शन कमजोर गरेमा, यी बैंकको प्रभावकारिताको कारण बजारमा रहेका प्रतिस्पर्धालाई आत्मसाथ गर्न नसक्दा उत्पन्न हुन सक्ने विभिन्न राजनीतिका हस्तक्षेपका कारण जनताको पैसा दुरप्रयोग हुन सक्ने देखिन्छ।

सकारात्मक तवरबाट हेर्दा राज्य स्वामितवका बैंकले ऋण लिएर प्रतिचक्रिय प्रणाली अवलम्बन गर्दा गरीब तथा दुर्ग्रम क्षेत्रमा सेवा बर्ड्ने र  यी ठाउको विकास तथा बासिन्दाको  उत्थान हुने हुदा यसले आर्थिक विकासको खाका कोर्नेछ।

२००८को आर्थिक मन्दीमा संसारका धेरै बैंकहरुले आफ्नो अर्थ व्यवस्थामा  प्रति चक्रिय लेन्दिङ्ग  कै सहायताले समालेका थिए , जुन अहिलेको सङ्कटमा पनि उतिकै आवस्यक देखिन्छ। 

स्रोत : विश्व बैंक 

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved