Like us!
Follow us!
Connect us!
Watch us!

चौतारी लघुवित्तकाे खुद नाफा बढ्याे, प्रतिशेयर आम्दानी कति ?

निशा हुमाँगाई

विहीबार, २५ बैशाख २०७७, १४ : १० मा प्रकाशित

चौतारी लघुवित्तकाे खुद नाफा बढ्याे, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार काठमाडाैं - चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २ करोड ६८ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ४४.५८ प्रतिशत अर्थात ८२ लाख रुपैयाँ धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ८५ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ९ करोड २६ लाख ५० हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे तुलनामा ४४.९१ प्रतिशत अर्थात २ करोड ८७ लाख रुपैयाँ धेरै हाे । 

यस्तै, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे सञ्चालन मुनाफा पनि ४४.५४ प्रतिशत अर्थात १ करोड ३० लाख रूपैयाँले बढेर ४ करोड २२ लाख २२ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी १९ करोड ९० लाख रुपैयाँ, जगेडा कोषमा ५ करोड ६६ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी १८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ७४ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eb3c652ddcb8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको