Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबीआई बैंकद्वारा कोरोना रोकथामका लागि १ कराेड सहयाेग

निशा हुमाँगाई

विहीबार, २५ बैशाख २०७७, १४ : ४२ मा प्रकाशित

नेपाल एसबीआई बैंकद्वारा कोरोना रोकथामका लागि १ कराेड सहयाेग

अर्थ संसार, काठमाडौं - नेपाल एसबीआई  बैंक लिमिटेडले विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथामका लागि एक कराेड रूपैयाँ सहयाेग गरैकाे छ ।

बैंककाे सञ्चालक समितिले गरेकाे निर्णय अनुसार नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा बैंकको तर्फ बाट बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरले ५० लाख रूपैयाँ बराबरको चेक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेका हुन् । 

त्यसैगरी, बैंकले सातैवटा प्रदेशलाई ५ लाखका दरले चेक हस्तान्तरण गरिसकेको छ । यस्तै, बाँकी १५ लाख रूपैयाँ बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको