Like us!
Follow us!
Connect us!
Watch us!

यस्ताे आयाे स्वदेशी लघुवित्तकाे तेस्रो त्रैमासको वित्तीय विवरण

निशा हुमाँगाई

विहीबार, २५ बैशाख २०७७, १५ : ०९ मा प्रकाशित

यस्ताे आयाे स्वदेशी लघुवित्तकाे तेस्रो त्रैमासको वित्तीय विवरण

अर्थ संसार काठमाडाैं - स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ५ करोड ३९ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा १२.०३ प्रतिशत धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ४ करोड ८१ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १९ करोड ८१ लाख ३२ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे तुलनामा २२.४० प्रतिशत धेरै हाे । 

यस्तै, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे सञ्चालन मुनाफा पनि ११.२० प्रतिशतले अर्थात ८५ लाख रुपैयाँले बढेर ८ करोड ४८ लाख ८ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी २७ करोड ६० लाख रुपैयाँ, जगेडा कोषमा १५ करोड ३२ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २६ रुपेयाँ ०७ पैसा र प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ५२ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eb3d48340e09.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको