Like us!
Follow us!
Connect us!
Watch us!

पीसीटी प्याटेन्ट एप्लिकेसन्समा ओपो पाँचौ स्थानमा

निशा हुमाँगाई

विहीबार, २५ बैशाख २०७७, १७ : १९ मा प्रकाशित

पीसीटी प्याटेन्ट एप्लिकेसन्समा ओपो पाँचौ स्थानमा

अर्थ संसार, काठमाडौं - वल्र्ड ईन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेसन (डब्ल्यूआईपीओ) ले प्याटेन्ट कोओपरेसन ट्रिटी (पीसीटी) प्रणाली मातहत अन्तर्राष्ट्रिय प्याटेन्ट आवेदन २०१९ को नतिजा घोषणा गरेको छ । १ हजार ९ सय २७ निवेदनका साथमा ओपो कम्पनी एप्लिकेन्ट्स अन्तर्गत पीसीटी फाइलरहरू मध्य उत्कृष्ट पाँचौमा पर्न सफल भएको छ ।

१५० कन्ट्रयाक्टिंग स्टेट्स सहितको अन्तर्राष्ट्रिय ट्रिटी, पीसीटी मातहत १ अन्तर्राष्ट्रिय प्याटेन्ट निवेदन दर्ता गराए बापत निवेदकले विभिन्न देशहरूमा आफ्नो आविस्कारको सुरक्षा प्राप्त गर्न सक्छन् । सन् २००९को सूरूवातदेखि नै ओपा वैश्विकस्तरमा विभिन्न प्राविधिक क्षेत्रमा आफ्नो प्याटेन्ट एप्लिकेसन विस्तारका लागि तदारूकताका साथ लागि परेको छ ।

यही प्रक्रिया अन्तर्गत ओपोले आफ्नो डब्ल्यूआईपीओ ईन्टरनेसनल प्याटेन्ट्स एप्लिकेसन र्यांकिंगलाई पछिल्लो बर्षको १७ औँ स्थानबाट पाँचौ स्थानमा झार्न सफल भएको छ ।

सन् २०२० को मार्च महिना सम्ममा ओपोले ४३००० वैश्विक प्याटेन्ट एप्लिकेसन्स दर्ता गराइसकेको छ भने , १६००० ओटाका लागि ले आधिकारिकता पनि प्राप्त गरिसकेको छ । समग्र निवेदन मध्य झण्डै ८८ प्रतिशत आविस्कार सम्बन्धित रहेका छन् ।

त्यस्तै, ओपोले ३ हजार भन्दा बढी फाइभजी प्याटेन्ट निवेदन दर्ता गराइसकेको छ र १ हजार ९ सय एआई प्याटेन्ट निवेदन रहेका छन् । त्यसैगरी, कम्पनीले ६ हजार १ सय ईमेज प्याटेन्ट वैश्विक रूपमा दर्ता गराइसकेको छ, जसमध्ये २ हजारले आधिकारिकता प्राप्त गरिसकेको छ । कम्पनीले फास्ट चार्जिंग क्षेत्र अन्तर्गत पनि वैश्विक स्तरमा २ हजार ७ सय भन्दा बढी निवेदन दर्ता गराइसकेको छ । यी मध्य १ हजार १ सयका लागि आधिकारिकता पनि प्राप्त गरिसकेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको