Like us!
Follow us!
Connect us!
Watch us!
नेपालमा भारतीय मजदुर भोकभोकै

अझ बढे कोरना बिरामी छिमेकी भारतमा, ५६ हजारमा संक्रमण

मिलन खड्का

शुक्रबार, २६ बैशाख २०७७, १२ : १० मा प्रकाशित

अझ बढे कोरना बिरामी छिमेकी भारतमा, ५६ हजारमा संक्रमण

अर्थ संसार,नयाँ दिल्ली-  छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या अझ बढेको छ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको अनुसार शुक्रबारसम्म ५६ हजार ३४२ जना  संक्रमित बिरामी पुगेका छन्।  

संक्रमणबाट निको भएका विरामीको संख्या १६ हजा ५३९ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।   

भारतमा शुक्रबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ३७ हजार ९१६ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् । 

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र १८ हजार १२० नागरिक  कोरोना भाइरस संक्रमित रहेका छन् ।

महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ७ हजार १३ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ ।  दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ९८० जना विरामी छन्।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ ।

भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि  तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो  । 

 भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो ।

कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो  । 

खुल्ला सिमानाका कारण भारतमा  संक्रमण फैलिदा नेपाल अझै जोखिममा रहेको छ। 

नेपालमा भारतीय मजदुर भोकभोकै

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको