Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनमा पनि उद्योग सञ्चालन गर्न  दिने सरकारको निर्णय स्वागतयोग्य : सीएनआई

निशा हुमाँगाई

शनिबार, २७ बैशाख २०७७, ०९ : २७ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - लकडाउनलाई जारी राख्दै, यो अवधिमा प्रक्रिया पुर्याएर केही उद्योग तथा व्यवसाय सञ्चालन गर्न  दिने सरकारको निर्णयको नेपाल उद्योग परिसंघले स्वागत  गरेकाे छ ।

यसबाट सामान्य रुपमा भए पनि औद्योगिक गतिविधी बढ्न गई अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने परिसंघको विश्वास छ । 

यसैगरी, परिसंघले सञ्चालनमा आउने उद्योग व्यवसायहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको अनुसरण गर्न पनि आग्रह गरेकाे छ । यसैगरी आंशिक खुला गरिएका व्यवसाय सञ्चालनका लागि आवश्यक सवारी आवतजावत तथा हिँड्डुलका लागि अनुमति पत्र अर्थात पास वितरणलाई थप व्यवस्थित बनाउन पनि परिसंघले सम्बन्धित निकायलाई आग्रह गरेकाे छ ।

त्यस्तै,  संक्रमणको जोखिमको आधारमा सम्पूर्ण देश,प्रदेश र स्थानीय तहलाई  तीन अलग-अलग क्षेत्र अर्थात् जोनमा बाँडेर थप कडाई र खुला गर्दै लैजाने काम अघि बढाउन पनि परिसंघले सरकारसँग आग्रह गरेकाे छ ।  रेड, अरेन्ज र ग्रीन जोनमा बाँडेर जोखिमको स्तर निर्धारण गरी संक्रमण नियन्त्रणमा थप काम गर्नसकिने र कम जोखिमका क्षेत्रमा थप खुला गर्दै लैजाँदा स्वास्थ्य र आर्थिक संकटबाट हुने क्षति कम गर्न सकिने भएकाले परिसंघले यसतर्फ कदम चाल्न समेत सरकार सँग आग्रह गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको