Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा काेराेनाले आतंक मच्चाउँदै

निशा हुमाँगाई

शनिबार, २७ बैशाख २०७७, १२ : १२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - भारतमा कोरोना भाइरसले झन्-झन् भयानक रूप लिँदै गएकाे छ । 

हालसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ हजार ६६२ जना पुगेको छ । गत २४ घण्टामा मात्र ३ हजार ३२० जना नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यसैगरी, गत २४ घण्टामा भारतमा कोरोना भाइरसको संक्रमणबाट ९५ जनाको मृत्यु भएको । याे सँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९८१ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या १७ हजार ८४७ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा शनिबार बिहानसम्मको तथ्याङ्क अनुसार हाल यो रोगका ३९ हजार ८३४ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् । कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । त्यहाँ मात्र १९ हजार ६३ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् ।

महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ७ हजार ४०२ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ६ हजार ३१८ जना बिरामी छन्।

त्यस्तै, कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ ।  – (रासस/एएनआई)

नेपालमा भारतीय मजदुर भोकभोकै

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको