Like us!
Follow us!
Connect us!
Watch us!

ओम र मनास्लु विकास बैंक आपसमा गाभिने

आइतबार, २३ असोज २०७३, ११ : ५२ मा प्रकाशित

ओम र मनास्लु विकास बैंक आपसमा गाभिने

अर्थ संसार

काठमाडौं–ओम डेभलपमेन्ट बैंकले मनास्लु विकास बैंकलाई गाभ्ने भएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको ओम डेभलपेमन्ट बैंक र गोर्खामा मुख्य कार्यालय रहेको मनास्लु बिकास बैंक गाभिने भएका छन् । दुवै बैंकबीच शुक्रबार मर्जर सम्झौता भएको छ ।

यसअघि सिटी डेभलपमेन्ट बैंक र ओम फाइनान्स गाभिएर ओम डेभलपमेन्ट बैंक बनेको हो । मनास्लु गाभिएपछि ओम डेभलपमेन्ट बैंकको चुक्तापूँजी १ अर्ब ३३ करोड पुग्ने छ । ओमले प्रस्ताव गरेको २९.२ प्रतिशत बोनस सेयरसमेत जोड्दा बैंकको चुक्तापुँजी १ अर्ब ६७ करोड रुपैयाँ हुने छ । मनास्लुले अझै गत बर्षको नाफाबाट बोनस सेयर प्रस्ताव गरेको छैन । उसले केही समयअघि ५० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो ।

गाभिएपछि ओमका २५ वटा र मनास्लुका ९ वटा शाखा गरी शाखा संख्या ३३ पुग्ने बताइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको