Like us!
Follow us!
Connect us!
Watch us!

६७ प्रतिशतले बढ्यो इन्फिनिटी लघुवित्तकाे नाफा : चम्किए अधिकांश सूचक

निशा हुमाँगाई

आइतबार, २८ बैशाख २०७७, १२ : ३७ मा प्रकाशित

६७ प्रतिशतले बढ्यो इन्फिनिटी लघुवित्तकाे नाफा : चम्किए अधिकांश सूचक

अर्थ संसार काठमाडाैं - इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ३ करोड ६५ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ६६.७५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड १९ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १० करोड ३५ लाख ७८ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे तुलनामा ७४.३४ प्रतिशत धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ५ करोड ९४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । 

यस्तै, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे सञ्चालन मुनाफा पनि ६८.४४ प्रतिशतले बढेर ५ करोड ८० लाख ६३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन मुनाफा ३ करोड ४४ लाख रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी २२ करोड ८१ लाख रुपैयाँ, जगेडा कोषमा ६ करोड ८२ लाख २२ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी २१ रुपैयाँ ३८ पैसा र प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ९० पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eb7a54bd443f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको