Like us!
Follow us!
Connect us!
Watch us!

बढ्याे मिथिला लघुवित्तकाे नाफा, कस्ता छन् अरू सूचक ? (सूचीसहित)

निशा हुमाँगाई

आइतबार, २८ बैशाख २०७७, १३ : २५ मा प्रकाशित

बढ्याे मिथिला लघुवित्तकाे नाफा, कस्ता छन् अरू सूचक ? (सूचीसहित)

अर्थ संसार काठमाडाैं - मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड ५३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ९.४९ प्रतिशत अर्थात १३ लाख रूपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ४० लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ५ करोड ६५ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे तुलनामा २१.८० प्रतिशत धेरै हाे । 

यस्तै, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे सञ्चालन मुनाफा पनि ७.४४ प्रतिशतले बढेर २ करोड ३१ लाख ८२ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी १० करोड ५८ लाख रुपैयाँ, जगेडा कोषमा ५ करोड ९४ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३१ पैसा र प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ १८ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eb7b1cb8515c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको