Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबीआई  बैंककाे नाफा घट्दा के भयाे अरू सूचक ?

निशा हुमाँगाई

सोमबार, २९ बैशाख २०७७, ०९ : ४७ मा प्रकाशित

नेपाल एसबीआई  बैंककाे नाफा घट्दा के भयाे अरू सूचक ?

अर्थ संसार, काठमाडौं - नेपाल एसबीआई  बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत आर्थिक वर्षको यसै अवधिकाे तुलनामा बैंककाे नाफा घटेकाे छ ।

तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ४३ करोड ८२ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा १०.१४ प्रतिशत अर्थात १६ करोड २४ लाख रुपैयाँ रूपैयाँले थाेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले १ अर्ब ६० करोड ६ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा बैंककाे खुद व्याज आम्दानी ६.४७ प्रतिशत अर्थात २१ करोड ७३ लाख रुपैयाँले घटेर ३ अर्ब १३ करोड ९८ लाख ९२ हजार रुपैयाँ पुगेकाे छ । यस्तै, तेस्रो त्रैमाससम्ममा बैंककाे सञ्चालन नाफा पनि ७ प्रतिशत अर्थात १५ करोड ४३ लाख रुपैयाँले घटेर २ अर्ब ४ करोड ९१ लाख रुपैयाँमा झरेकाे छ । 

त्यस्तै, बैंककाे प्रतिशेयर आम्दानी  ३ रुपैयाँ ८५ पैसाले घटेर २१ रुपैयाँ ४१ पैसा र प्रतिशेयर नेटवर्थ ४ रुपैयाँ १२ पैसाले बढेर १६३ रुपैयाँ ६८ पैसा पुगेकाे छ । बैंककाे चुक्ता पूँजी ८ अर्ब ९५ करोड ६२ लाख रुपैयाँ छ भने जगेडा कोषमा ५ अर्ब १६ करोड ७९ लाख रुपैयाँ रहेको छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eb8d2bcad515.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको