Like us!
Follow us!
Connect us!
Watch us!

चम्किए सप्तकोशी डेभलपमेन्ट बैंककाे अधिकांश सूचक : १०९ प्रतिशतले बढ्याे नाफा

निशा हुमाँगाई

सोमबार, २९ बैशाख २०७७, १० : १९ मा प्रकाशित

चम्किए सप्तकोशी डेभलपमेन्ट बैंककाे अधिकांश सूचक : १०९ प्रतिशतले बढ्याे नाफा

अर्थ संसार, काठमाडौं – सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार बैंकले तेस्रो त्रैमाससम्म आइपुग्दा ५ करोड २३ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा १०९ प्रतिशत धेरै हाे । गत वर्ष बैंकले २ करोड ४९ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १६ करोड ८२ लाख ४७ हजार रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज आम्दानी गत वर्षकाे तुलनामा ७ करोड ३४ लाख रुपैयाँले धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले ९ कराेड ४८ लाख ४७ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे । 

त्यस्तै,  तेस्रो त्रैमाससम्ममा बैंककाे सञ्चालन नाफा ३ करोड ८१ लाख रुपैयाँले बढेर ७ करोड ३८ लाख रुपैयाँ पुगेकाे छ । 

त्यसैगरी, बैंककाे चुक्ता पूँजी ७८ करोड ७१ लाख रुपैयाँ, जगेडा कोषमा १३ करोड ३८ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८७ पैसा र प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ५१ पैसा रहेकाे छ ।  

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5eb8d69ab5c06.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको