Like us!
Follow us!
Connect us!
Watch us!

गुगल ब्वाय भनेर चिनिने भारतीय अद्भूत बालक कौटिल्य नेपाल आउँदै [भिडियोसहित]

विहीबार, १० चैत्र २०७३, १० : ५२ मा प्रकाशित

दिनिता लामिछाने
काठमाडौं–अद्भूत क्षमताका धनी भारतमा गुगल ब्वाइ भनेर चिनिने कौटिल्य पंडित आज नेपाल आउने भएका छन् । हाइल्यान्ड इन्टरटेन्टमेन्टले उनलाई नेपाल ल्याउन लागेको हो ।  उनले शनिबार राजधानीको सभागृहमा आफ्नो प्रतिभा देखाउने छन् । 

कौटिल्य भर्खर नौ बर्षका भए । उनको स्मरणशक्ति बेजोडको छ । अरु बालकझैं खेल्ने उमेरका कौटिल्य भने विश्वमा आफ्नो अद्भूत क्षमताका कारण चर्चित छन् । उनलाई विश्वका अधिकांश कुराको ज्ञान छ ।

उनी आफ्नो देशको बारेमा, अन्तरिक्षको बारेमा र यस संसारमा भएका सबै चीजबारे जानकारी राख्छन् ।  उनलाई ल्याएर प्रस्तुत गरिने कार्यक्रमबाट नेपालले धेरै चीजको लाभ लिन सक्ने आयोजक हाइल्यान्ड इन्टरटेनमेन्टका अध्यक्ष अध्यक्ष सुदर्शन गैरापिप्लेले बताए । नेपाललाई विश्वसामु चिनाउन कौटिल्यबाट ठूलो टेवा पुग्ने उनको दावी छ । 

उनी आज राजधानी आइ पुग्नेछन् । उनले भोली पशुपतिनाथको पूजा आराधना गर्नेछन् । कौटिल्यलाई उनको प्रतिभाको कदर गर्दै भारतको हरियाणा सरकारले १० लाख रुपैयाँको पुरस्कार दिएको थियो ।

उनलाई पूर्वमुख्य मन्त्री भुपेन्दरसिंह हूडाले उक्त पुरस्कार प्रदान गरेका थिए । त्यतिखेर उनलाई दिइएको प्रमाणपत्रमा भएको गल्ती कौटिल्यले औंल्याएका थिए । काशि विद्वान परिषदले उनलाई बाल मनिषीको पदवी दिएको थियो ।

उनी ५ बर्षको उमेरमै भारतीय नायक अमिताव बच्चनले संचालन गरेको कौन बनेगा करोडपतिमा सहभागी हुने अबसर पाएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको